घरमा अवश्य राख्नुहोस् मयूरको प्वाँख, मिल्नेछ नसोचेको लाभ !

हिन्दू धर्ममा मयूरको प्वाँखको एकदम महत्व रहेको छ। मयूरको प्वाँख भगवान श्री कृष्णको मात्र प्रिय नभएर माता सरस्वती, माता लक्ष्मी, इंद्रदेव, भगवान कार्तिकेय र श्री गणेशलाई पनि मन पर्छ। त्यसैले यसलाई हिन्दू धर्ममा निकै शुभ मानिन्छ। केहि मानिसले आफ्नो घर सजाउनको लागि यसको प्रयोग गर्छन् भने कसैले यसलाई पुस्तकमा राख्नु शुभ मान्छन्। तर यसबाहेक पनि यो साधारण मयूरको प्वाँखले तपाईंको जीवनको धेरै वास्तु दोषहरू हटाउन मद्दत गर्छ।

वास्तु दोषबाट मुक्ति 

धर्मशास्त्रका अनुसार आठ मयूरको प्वाँख लिनुहोस् र त्यसलाई तलबाट सेतो धागोले बाँध्नुहोस् र ओम सोमय नमः मन्त्रको जप गर्नुहोस्। यसो गर्नाले तपाईं आफ्नो घरको वास्तु दोषबाट छुटकारा पाउन सक्नुहुन्छ।

ग्रह दोष दूर हुन्छ 

कालो धागोको साथ तीन मयूरको प्वाँख बाँध्नुहोस्। सुपारीको केहि टुक्रा लिनुहोस् र थोरै पानी छर्कंदै ओम शनैश्राय नमः मन्त्र २१ पटक जप गर्नुहोस्। यसो गर्नाले शनिको दोषबाट मुक्ति मिल्नेछ।

धन वृद्धि 

आफ्नो लकरको नजिकै मयूरको प्वाँख राख्नाले धन वृद्धि हुनेछ र आर्थिक अथिति मजबूत हुनेछ।

पारिवारिक सुख 

मयूरको सम्बन्ध सुन्दरता र खुशीसँग पनि छ। त्यसैले, घरको बैठक कोठामा नृत्य गर्दै गरेको मयूरको तस्बीर राख्दा घरमा सुखमय वातावरण कायम रहनेछ।

नकारात्मक उर्जा दूर हुनेछ 

ज्योतिषशास्त्र अनुसार घरको मुख्य द्वारमा मयूरको प्वाँख राख्दा घरमा कुनै पनि प्रकारको नकारात्मक उर्जा प्रवेश गर्न सक्दैन। यस कारणले घरको वास्तु दोष पनि ठिक रहन्छ।

स्वास्थ्यको लागि पनि राम्रो 

प्राचीक कालमा मयूरको प्वाँखको प्रयोग शरीरबाट विष निकाल्न औषधीको रूपमा पनि गरिन्थ्यो। यही कारण हो कि घरमा मयूरको प्वाँख राख्दा स्वास्थ्य राम्रो रहन्छ।

प्रकाशित : बिहिबार, चैत १२, २०७७१९:२७

सूर्य र शुक्र ग्रह एकै राशिमा, यी राशिका मानिस रहनुस् सावधान !