आज सुन चैत महिनाकै सस्तो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बिहिबार सामान्य रुपमा बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ८६ हजार ३ सय कायम भएको छ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन ८५ हजार ८ सय ५० मा कारोबार भइरहेको छ।

यस हप्ता सुनको मूल्य

यस हप्ता छापावाला सुन आइतबार ८७ हजार २ सय, सोमबार ८७ हजार, मंगलबार-बुधबार ८६ हजार ७ सय र बिहिबार ८६ हजार ९ सय रुपैंयाँमा कारोबार भयो। त्यस्तै तेजाबी सुन आइतबार ८६ हजार ७ सय ५०, सोमबार ८६ हजार ५ सय ५०, मंगलबार-बुधबार ८६ हजार २ सय ५० र बिहिबार ८६ हजार ४ सय ५० रुपैंयाँमा करिबार भएको थियो।

सुनको मूल्य यस महिनाकै सस्तो

आज कायम भएको सुनको मूल्य फागुन २८ गते यताकै सस्तो रहेको छ। यस महिना कुनै पनि दिन सुनको मूल्य आजको विन्दुमा झरेको थिएन।

चाँदीको मूल्य


सुनको मूल्य घटेपनि आज चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा चाँदीको मूल्य १२ सय ३० रुपैंयाँ छ।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७११:२५

अब केहि समयमा नै ज्योति लाइफकाे आईपीओ बाँडफाँड हुदै,कत्ति लाखले हात पार्लान?