ज्योतिषशास्त्र अनुसार राशि चिन्हले मानिसको प्रकृति र व्यक्तित्वको बारेमा धेरै कुरा बताउँछ। केहि राशिका मानिस बहुत भाग्यशाली मानिन्छ। यी व्यक्तिहरु आफ्नो जीवनमा उच्च पद, प्रतिष्ठा र सम्मान प्राप्त गर्न सफल हुन्छन्। अन्य राशिका मानिसहरुले भन्दा यी राशिका मानिसले छिटै सफलता, धन र प्रसिद्धि प्राप्त गर्छन्। जान्नुहोस् कि कुन राशिका मानिस हुन् जो निकै भाग्यशाली हुन्छन्…..
वृष राशि

राशि चर्क्रको दोस्रो राशि हो वृष राशि। यस राशिका स्वामी हो शुक्र ग्रह। स्वामी शुक्र ग्रहको प्रभाव सँधै यी राशिका मानिसमा रहन्छ। यस राशिका मानिसहरु सुन्दर, आकर्षक र कुनै पनि कलाको सद्गुणी हुन्छन्। वैदिक ज्योतिषमा शुक्र ग्रहलाई सुख, धन, वैभव र ऐश्वर्यको कारक मानिन्छ। वृषभ राशिका मानिसहरूलाई सँधै भाग्यको साथ मिल्ने गर्छ। यस राशिका मानिसहरूलाई कहिल्यै पनि धनको अभाव हुँदैन।
सिंह राशि

सिंह राशिका स्वामी सूर्य हो, जसलाई ग्रहहरुको राजा पनि भनिन्छ। सूर्यको प्रभावको कारण यस राशिका मानिसमा पनि राम्रो नेतृत्वको क्षमता रहन्छ। यस राशिको तत्वन अग्नि हो जसको कारण सिंह राशिका मानिसमा गज्जबको उर्जा पनि देख्न सकिन्छ। सूर्यलाई आत्मविश्वास प्रदान गर्ने ग्रह मानिन्छ जसको कारणले सिंह राशिका मानिसमा आत्मविश्वास पनि अधिक हुन्छ। सूर्यको प्रभावका कारण यी व्यक्तिहरूलाई धेरै भाग्यशाली मानिन्छ।
धनु राशि

यस राशिका मानिसहरु ज्ञानी हुन्छन्। यी राशिका स्वामी ग्रह बृहस्पति हो जसको प्रभावले यस राशिका मानिसलाई बहुमुखी प्रतिभाको धनी बनाउँछ। साथै अग्नि तत्वको प्रभावका कारण धनु राशिका मानिस ऊर्जावान हुन्छन्। यस राशिका मानिस जे कुरा सोच्छन् त्यो काम पूरा गरेरै छाड्छन्। धनु राशिका मानिसमा उत्कृष्ट नेतृत्व गर्ने क्षमता हुन्छ। यी मानिस निकै इमान्दार पनि हुन्छन्।
कुम्भ राशि

कुम्भ राशिको स्वामी हो शनि ग्रह। शनिलाई न्यायका देवता मानिन्छ। शनिको प्रभावका कारण कुम्भ राशिका मानिस पनि न्यायप्रमी हुन्छन्। यस राशिका मानिस कसैसँग पनि गलत व्यवहार गर्दैनन्। कुम्भ राशिका मानिसमा समाज कल्याणको भावना पनि हुन्छ। संवेदनशीलता, आकर्षक स्वभाव, दृढ इच्छाशक्ति, न्याय, दूरदर्शिता, र राम्रो मार्गदर्शकको गुणले यस राशिका मानिसलाई उत्तम लिडर बनाउँछ।

