काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै छालामा विभिन्न किसिमका समस्या देखिने गर्छ ।त्यस्तै गर्मीमा कपालको पनि विशेष हेरचाह गर्नु जरुरी रहेको छ । अत्याधिक पसिना आउने भएकाले गर्मीमा कपाललाई जोगाउन निकै समस्या हुने गर्छ ।
पसिना आएर हैरान हुने भएकाले गर्मी मौसममा कपाललाई चम्किलो र आर्कषक बनाइराख्न जरुरी रहेको छ ।त्यसकारण आज हामी तपाईहरुलाई गर्मीमा कपालको कसरी हेरचाह गर्ने भन्ने बारे केही उपाय बताउन गइरहेका छौँ ।
१.बढ्दो तापक्रमको साथै कपालमा तेलको सट्टा हेयर मस्चराइजको प्रयोग गर्ने । यसले कपाललाई चिल्लो हुनबाट बचाउँछ ।
२.घरबाट कतै बाहिर निस्कने हो भने त्यो बेला कपालमा स्काफ वा टोपीले ढाकेर निस्कने ।
३.यदि कपालमा कलर लगाउने हो भने अमोनिया फ्री हेयर कलर्सको प्रयोग गर्ने । जसले कपालमा पोषणको काम गर्नुको साथै कपाललाई आर्कषक बनाउँछ ।
४.मौसम अनुसार हेयर स्टाइल परिर्तन गर्ने । कपाललाई खुकुलो पारेर बाध्ने ।
५.कपाललाई कस्सेर नबाध्ने । जसले गर्दा कपालमा खराबी उत्पन्न हुनुको साथै कपाल झर्ने समस्या अत्याधिक बढेर जान्छ ।

