काठमाडौँ । पछिल्लो समय मानिसमा देखिएको व्यस्तता र अव्यवस्थित खानपान सहरिया बसोबासको कारण मानिसमा विभिन्न किसिमका समस्याहरु बढ्दै गएका छन् । यस्तै कारण अस्वस्थ बनेको मानव शरिर रोगको घर जस्तै बनेको छ । अति स्वादिलोे जीब्रको कारण कोलेस्टेरोल र मधुमेह सामान्य रोग बनेका छन् । शरिरलाई परिश्रम गर्न नदिएर जिब्रोलाई स्वादिलो बनाउँदै गएको कारण यस्ता समस्याहरु बढ्न थालेका हुन् ।
शरिरलाई आवश्यक व्यायाम नदिने गर्दा उमेर बढ्दै गएसँगै शरिर रोगको सिकार भइसकेको हुन्छ । त्यसकारण खानपान र परिश्रमलाई विशेष महत्व दिनुपर्छ । व्यस्त जीवनशैलीसँगै शरिरलाई सन्तुलित राख्नको लागि शरिरका हरेक मांसापेशीलाई मजबुत राख्नुपर्छ । यदि त्यसो गर्न सकिएन भने समयभन्दा अगाडी नै हाम्रो शरिर कमजोर हुन्छ । रोग बढी लाग्छ ।
त्यसकारण हरेक दिन व्यस्त समयलाई थाती राखेर आफ्नो स्वास्थ्यको लागि १० मिनेट मात्रै समय दिन सक्यो भने पनि स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ । त्यसकारण आज हामी तपाईहरुलाई छोटो समयमा नै गर्न सकिने प्रभावकारी केही खेलहरुको बारेमा बताउन गइरहेका छौँ ।
१.प्ल्यांक : शरिर घोप्टो पारेर गरिने व्यायामलाई प्ल्यांक भन्ने गरिन्छ । यो व्यायाम गर्न दुई मिनेट भन्दा धेरै समय लाग्दैन् ।
गर्ने तरिका : पुस अप गरेजस्तै गरेर घोप्टो परेर पर्ने । त्यसपछि कुहिनामुनिको हातको भाग समतल पारेर टेक्ने । जिउलाई सिधा परेर तन्काउ बस्दा खुट्टाका औँलाले भुँईमा टेकेको हुनुपर्छ । यो अवस्थामा रहेको शरिरलाई २ मिनेटसम्म स्थिर राख्ने । सम्पूर्ण बल प्रयोग गरेर कम्मर ढाड पेट र हिपमा पर्छ । यसरी यो अवस्थामा दुई मिनेटभन्दा बढी बस्दा दुई मिनेट बस्दा जति फाइदा हुन्छ त्यति नै हो ।
धेरै मोटो वा कमजो भएका व्यक्तिले २ मिनेटसम्म गर्न गाह्रो हुने भएकाले सुरुमा जति सकिन्छ त्यतिमात्रै गर्ने र विस्तारै समय बढाउँदै जाने । यो तरिकाको व्यायाम एक पटकमा तीन पटक सम्म गनै सकिन्छ । यसो गर्दा कम्मर, पेट वरपर, हिप र ढाडका सबैमा बल पर्छ। पेट र हिपका अनावश्यक बोसो कम गर्नुका साथै मांसपेशी बलियो बनाउँछ ।
२.साइड प्ल्यांक : यो तरिकाको व्यायाम गर्न कुहिनामुनिको हातको भाग समतल पारेर टेक्ने । यसमा कोल्टे परेर अर्को कम्मरमा राख्ने । यसरी दुई मिनेटसम्म गर्ने ।
गर्ने तरिकाः माथि भनेजस्तै सिधा भएर भुइँमा हात टेक्ने । घुँडा मुनिको भागलाई जमिनमा राख्ने । एक खुट्टामा अर्को खुट्टा राख्ने । त्यसपछि कोल्टे फेरेर सिधा भएर हात टेक्ने । घुँडा मुुनिको भाग मात्रै जमिनमा राखेर हात र कम्मरमा राख्ने ।
त्यसपछि शरिर सोझो पारेर तनक्क तन्काउने । शरिरलाई तल गर्दा एक सेकेण्डसम्म भुँई टेक्ने र छुवाउने । यसरी १५ पटक सम्म तल माथि गरेर दायाँ बायाँमा नै १५/१५ पटक गर्ने र आराम गर्ने । यसो गर्दा पेटको दायाँबायाँ भएका बोसोलाई कम गर्छ । पेट हिपका मांसापेशीलाई बलियो र कसिलो बनाउँछ ।
३.सुतेर गर्ने साइक्लिङ : भुईमा सुतेर साइकल चलाए जस्तै गरेर दुई मिनेटसम्म गर्ने ।
गर्ने तरिकाः सिधा भएर भुँइमा सुत्ने । त्यसपछि विस्तारै टाउको उठाएर दुवै हतले साइकलको ह्याण्डिल चलाए जस्तै गरेर अगाडी राख्ने । दुवै घोडालाई ९० डिग्रीको कोण बनाएर खुम्च्याउने । हिपलाई थोरै मात्रामा तन्काउने । जबकी कम्मरमा बल परोस । त्यसपछि टाउको सिधा पारेर साइकल चलाएजस्तै गर्ने ।
यसरी हरेक दिन ५० देखि सय पटक सम्म यसो गर्दा पेट घटाउन सकिन्छ । यसो गर्दा टाउको उठाउन गाह्रो भयो भने टाउको राखेरै पनि गर्न सकिन्छ । यसले दायाँ बायाँ छेउको भागमा रहेको बोसोलाई कम गर्नुको साथै हिपको मांसापेशीलाई बलियो र कसिलो बनाउँछ । यो पेटको लागि समग्र व्यायाम हो ।
४.जम्प स्क्वाट : अब यो चाही उठेर गर्ने हो । यो व्यायाम गर्दा शरिरको तौल सजिलै घटाउन सकिन्छ ।
गर्ने तरिका : यो व्यायाम उफ्रेर गर्ने हो । जम्प स्क्वाट हामी सानो ठाउँमा पनि गर्न सक्छौँ । तर आफु उफ्रिदा दायाँबाँया माथि नठोक्किने गरेर उफ्रिनुपर्छ । दुवै हातलाई सिधा तन्काएर जिउ सिधा पार्ने । त्यसपछि हिपलाई माथि गर्दै कुर्सीमा बसे जस्तो गर्ने । यसो गर्दा ढाँड पिडुला खुम्चिन पाउँदैन् । हात पनि सिधा हुन्छ ।
यसरी करिब ५ मिनेट सम्म कुर्सीमा बसेजस्तो गर्ने र ब्रुक माथितिर उफ्रिने । उफ्रिएर फेरि कुर्सी आसनमा बस्ने । यसरी लगातार १० पटक सम्म गर्ने र १५ मिनेछ आराम गरेर फेरि त्यहि क्रममालाई दोहोर्याउने । यो तरिकाको व्ययाम गर्दा शरिरको पुरै अंग चल्छ । यसबाट हात, खुट्टा, ढाड, पेट र हिपको व्यायाम हुन्छ । ढाड दुख्ने समस्या कम गराउँछ । पिडुँला बलियो बनाउनुको साथै हिप र कम्मरमा लागेको अनावश्यक बोसोलाई कम गर्छ ।
५.उड चप : यो व्यायामको अंग्रेजी अर्थ हो । यसको अर्थ हो काठ काट्नु । यसको लागि तपाईले २/३ किलको डम्बेल प्रयोग गर्न सक्नुहुनेछ । त्यो सम्भव नभएरमा दुई तिन लिटरका पानी भरेको बोतलको प्रयोग गर्न सकिन्छ ।
गर्ने तरिकाः यो एक प्रकारको उभिने व्यायाम हो । आफु चल्दा दायाँ बायाँ र कतै नठोक्किने ठाउँमा उभिने । जिउ सिधा पारर खुट्टालाई बिस्तारै फट्याउने । शरिरलाई दुई खुट्टा बिचको दुरीमा कायम राख्ने । त्यसपछि अब दुवै हातले डम्बेल वा बोतल लिने । यदि तपाईसँग यी सामान छैनन् भने हातलाई कसिलो गरे बाध्ने । बन्चरो समाए झैँ गर्ने ।
त्यहि आसनमा रहेर फेरि दायाँबायाँ फर्किने र थोरै निहुेर हल्का झटुकारिने । तर खुट्टालाई भने स्थिर राखेर शरिरलाई पुरै घुमाउने । यसरी करिब १५ पटक सम्म गर्ने । १५ मिनेट आराम गरेर फेरि १५ पटक सम्म फरि अघिको जस्तै गर्ने । यसो गर्दा शरिरको तौल सजिलै कम गर्न सकिन्छ भने शरिर बलियो हुन्छ ।