शनिबार सर्बिया विरुद्ध विश्वकप छनौटको खेलमा रोनाल्डोले गरेको गोललाई म्याच अफिसियलले इन्कार गरेपछि रोनाल्डो निकै क्रोधमा देखिए जसका कारण उनले खेल सकिनु अघि नै आफ्नो कप्तानको आर्मब्याण्ड समेत मैदानमै फ्याँकीदिए। पहिलो खेलमा अजरबैजानलाई १-० ले हराएको पोर्चुगल सर्बियासँग भने २-२ को बराबरीमै रोकियो।
दुई गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल अंक बाढ्न बाध्य भएको हो। पोर्चुगलका लागि डिएगो जोटाले २ गोल गर्दै आफ्नो टोलीलाई पहिलो हाफमा नै २-० को अग्रता दिलाएका थिए। तर सर्बियाका लागि एलेकस्यान्डर मिट्रोभिक र फिलिप कोस्टिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको अन्त्यतिर रोनाल्डोले गरेको प्रयास गोललाइन पार गरिसकेको थियो तर खेल रेफ्रीले रोनाल्डोको उक्त गोललाई मान्यता दिएनन्। टिभी रिप्लेमा प्रष्ट देख्न सकिन्थ्यो कि रोनाल्डोले प्रहार गरेको बलले गोललाइन पार गरेको थियो। रोनाल्डोले गोल सेलिब्रेसन पनि गरिसकेका थिए तर म्याच अफिसियलले उक्त गोल नभएको बताए।
CR7 made his thoughts VERY clear after being denied a late winner against Serbia. #WorldCup #Qatar2022 #WCQ
Watch Now – https://t.co/RRmQgctETJ pic.twitter.com/f9XwwF5lCc
— beIN SPORTS (@beINSPORTS_EN) March 27, 2021
यस्तोमा रोनाल्डो लाइन्सम्यानसँग विवाद गर्न सुरु गरे जसको कारण उनले पहेंलो कार्ड समेत पाए। उनको उक्त रिस खेल सकिएपछि प्रष्ट रूपमा देख्न सकिन्थ्यो। खेल सकिनु भन्दा पनि अघि नै रोनाल्डो निराश हुँदै ड्रेसिंग रूममा जाँदै गर्दा आफ्नो आर्मब्याण्ड समेत फुकालेर भुइँमा फ्याँकीदिए। यस्तोमा, अन्तराष्ट्रिय स्तरमा १०२ गोल गरिसकेका रोनाल्डोको १०३ औं गोल भने मान्य हुन सकेन।