क्रिस्टियानो रोनाल्डोलाई धेरैले कमब्याक किंग पनि भन्ने गरेका छन्। उनमा हारिसकेको खेल पनि एक्लै जिताउने क्षमता रहेको छ। त्यस्तै, महत्वपूर्ण खेलमा विजयी गोल गर्नमा पनि उनी माहिर छन्। २०१४ विश्वकप छनौट खेलमा स्विडेन विरुद्धको खेल होस् वा च्याम्पियन्स लिगमा वुल्फ्सबर्ग, एथलेटिको म्याड्रिड, २०१८ विश्वकपमा स्पेन विरुद्धको मास्टरक्लासलाई कसले भुल्न सक्छ र।
तर कहिलेकहिँ रोनाल्डो पनि असफल हुन्छन् र यो स्वाभाविक कुरा हो। यहाँ हामी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको बारेमा कुरा गरिरहेका छौं। रोनाल्डोको किउरा गरिरहँदा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीसँग तुलना नहोस् यो सायद सम्भव छैन।
मेस्सीसँग तुलना
हामी फुटबल इतिहास कै दुई सर्वोत्कृष्ट खेलाडीको बारेमा कुरा गर्दै छौं। मेस्सी र रोनाल्डो मोडर्न फुटबल जगतमा अन्य कोहि खेलाडी भन्दा फरक स्तरका खेलाडी हुन्। फुटबल जगतमा जे चीज यी दुईले गरेका छन् त्यो सायद कसैले आजसम्म गरेका छन्। यस्तोमा आज हामी मेस्सी र रोनाल्डो बीच एउटा कुरामा तुलना गर्न खोजी रहेका छौं: विजयी गोल। के रोनाल्डो विजयी गोलका किंग हुन् त ?
मेस्सी भर्सेस रोनाल्डो: विजयी गोल
र नडराउनुहोस्, हामी यहाँ रोनाल्डोको प्रतिष्ठालाई तान्न सक्दैनौं किनभने फुटबल खेलमा विजयी गोल गर्ने कुरामा उनको स्थान पूर्ण रूपमा अर्को स्तरमा छ र यो तथ्यांकमा पूर्ण आधारित रहेको छ।
तथ्यांक अनुसार विजयी गोलको सन्दर्भमा मेस्सी फिफा क्लब विश्वकप र यूइएफए सुपर कपमा मात्र रोनाल्डो भन्दा अगाडी रहेका छन्। यस बाहेको हरेक क्षेत्रमा रोनाल्डो मेस्सी भन्दा अगाडी छन्। मेस्सीले बार्सिलोनाका लागि ७६८ खेलमा १८९ म्याच विजयी गोल गरेका छन् भने रोनाल्डोले आफ्नो क्लब जीवनमा ८८६ खेल खेल्दै २०७ विजयी गोल गर्न सफल भएका छन्।