एम्बाप्पे र हालाण्ड दुवै रियलमा ?

एजेन्सी – हाल विश्व फुटबलमा सबै भन्दा बढी चर्चामा रहेका जर्मन क्लब बोरुसिया डर्टमण्डका अर्लिङ ब्राउट हालाण्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एम्बाप्पे दुवै माथि एपेनिस महारथी रियल म्याड्रिडको नजर छ।

रियलले सके दुवै खेलाडी, नसके दुई मध्ये एक खेलाडी जसरी पनि भित्र्याउने योजना बनाएको खबरहरु आएका छन्। पछिल्लो एक खबरका अनुसार दुवै खेलाडीलाई अनुबन्धन गर्नेगरी रियल तयारीमा जुटेको छ।

यधपी त्यो सम्भव हुन सहज हुने भने देखिँदैन। दुवै माथि युरोपका धेरै जस्ता ठूला क्लबको नजर छ। हालाण्ड र एम्बाप्पे दुवै माथि बोलि लाग्ने पक्का छ। जसकारण दुवैको ट्रान्सफरमा ठूलो धनराशि खर्च हुने अनुमान लगाउन सकिन्छ।

एक अन्तराष्ट्रिय मिडियाका अनुसार यहि कारणले गर्दा रियल अहिले देखिनै योजनामा जुटेको छ। हालाण्ड र एम्बाप्पे किन्न आवश्यक हुने धनराशि जुटाउन रियलले क्लबका केहि खेलाडी बिक्रि गर्ने योजना बनाएको छ।

इडेन ह्याजार्ड, ग्यारेथ बेल, सर्जियो रामोस, राफेल भाराने, इस्को र मार्सेलो गरी ६ खेलाडी बेचेर हालाण्ड र एम्बाप्पे भित्र्याउने योजनामा रियल रहेको स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले जनाएको छ।

लगातार चर्चामा हालाण्ड र एम्बाप्पे

क्लब फुटबलमा गएको केहि वर्षमा हालाण्ड र एम्बाप्पे दुवैले जुन प्रकारको प्रदर्शन गरेका छन्, त्यसले सबैको ध्यान तानेको छ। हालाण्ड माथि रियल म्याड्रिडका आलावा बायर्न म्युनिक, बार्सिलोना, चेल्सी र म्यानचेस्टर सिटि जस्ता क्लबको नजर छ। त्यस्तै एम्बाप्पे माथि पनि रियल म्याड्रिडका आल्वा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटि र लिभरपुल जस्ता क्लबको नजर छ।

प्रकाशित : आइतबार, चैत १५, २०७७१५:२६

जब कुरा आउँछ विजयी गोलको , रोनाल्डोको आस-पास पनि आउँदैनन् मेस्सी: तथ्यांक सहित !