एसिडिटी वा पेटमा ग्यास भरिने समस्या आयो, त्यसोभए प्रयोग गर्नुहोस् यस्ता उपाय, तुरुन्त राहत मिल्नेछ !

खाना अरुची हुने, पेट दुख्ने , पेट ढुस्स भएर फुल्ने जस्ता समस्यालाई धेरैले सामान्य समस्याको रुपमा लिदै आएका छन् । पछिल्लो समयमा पेटमा ग्यास भरिने र एसिडिटीको रोगबाट धेरै मानिसहरु पिडित भएका छन् । समयमै उक्त समस्यालाई समधान गर्नको लागी सामान्य प्रयासबाट छुटकारा पाउन सकिएपनि सुरुको अवस्थामा ध्यान नदिने अंधिकाशको बानीले रोग झन् थपिदै गएको छ । एसिडिटी हुनको कारण भनेको आमाशयमा एसिडको उत्पादन बढि हुनु हो । यसबाट खानेकुरा राम्ररी नपची रस एसिडमा बदलिन्छ र एसिडिटी हुन्छ । यस्तो अत्याधिक अमिलो, पिरो, मसलेदार खानेकुरा, चिया, कफि, मदिरा, धुम्रपान सेवन गर्नाले हुन्छ । यदि लामो समयसम्म एसिडिडी भइरह्यो भने अम्लपित्त लगायतका अन्य रोग लाग्दछ । एसिडिटी भएपछि पेट पोल्ने, अमिलो डगार वा मुखबाट अमिलो पानी आउने हुन्छ । जसको कारण अपच, कब्जियत वा पखला पनि हुन्छ ।

विशेषगरी पाचनसम्बन्धीत गडबढीको कारण पेटमा ग्यास भरिने गर्दछ । यस्तो हुनुलाई कुनै रोगको लक्षणको रुपमा पनि लिन सकिन्छ । यो समस्या पछिल्लो समयमा एक आम समस्याको भएको छ । व्यस्थ र अवस्थकर जीवनशैलीमा रहेका मानिसहरु गलत खानपान, अनियमितता खानपान गर्ने कारण उनीहरुलाई यस्तो समस्या अधिक हुने गर्दछ । जसको कारण भोक नलाग्ने, पेटमा हावा भरिने वा पिठ्युमा हल्का पिडा हुने गर्दछ । त्यस्तै अत्याधिक धुम्रपान वा मद्यपान, चिया, कफि तनाव, चिन्ता लिदां पनि यस्तो हुन्छ ।
कसरी छुटकारा पाउने ?

१. बोक्रा सहितको आटाको रोटी खानाले पनि एसिडिटी तथा ग्यासको समस्या बिस्तारै समधान हुन्छ । त्यसैगरी ज्वानो, जिरा, वीरे नुन, लसुन मिलाएर चपाउन पनि ठिक हुन्छ ।

२. करिब एक चच्चा जति ज्वानोलाई लिएर त्यसमा एक चौथाई कागतीको रस निचोरी मिसाई पिउने ।

३. लसुनको पोटी दैनिक रुपमा खाली पेटमा सेवन गर्ने ।

४.करिब एक गिलास जति उखुको रस लिनुहोस् र त्यसलाई तातो बनाइ कागतीको रस र सिरे नुन मिसाएर दैनिक रुपमा बिहान र बेलुका एक गिलास सेवन गरेमा ग्यासको समस्या हटेर जान्छ ।

५.एसिडिटीको समस्याको लागी अदुवाको रसमा थोरै नुन हालेर त्यसमा जिरा भुटेर मिसाई सेवन गरेर एक गिलास जति मोहि सेवन गरेमा समस्या समधान हुन्छ ।

६. त्यस्तै करिब १० देखि २० मि.लि घिउँकुमारीको रस दैनिक रुपमा सेवन पनि सकिनेछ ।

प्रकाशित : आइतबार, चैत १५, २०७७१९:४०

जान्नुहोस् नीम जुसका विभिन्न फाइदाका बारेमा, मिल्ने रहेछ यस्ता चमत्कारिक फाइदा !