घरको मूल ढोकामा राख्नुहोस् यी चीज, लक्ष्मीको प्रवेश हुनेछ !

खुःसी साथ जीवयापन गर्ने चाहना सबैको हुन्छ । हाम्रो जीवनको एक महत्वपूर्ण कुरा भनेको खुसी हो । जब हामी खुःसी हुन्छौ तब हामीले गरेको कामले सफलता पाउँछ ।

घरलाई खुःसी सुन्दर, र प्रिय बनाउनको लागी आफूले गर्न सक्ने प्रयासको साथमा वास्तु शास्त्रमा पनि विशेष ध्यान दिनुपर्दछ ।
वास्तुदोषको कारणले घरमा नकारात्मक उर्जा जान्छ । यस्ता उर्जालाई हटाउनाको लागी घरको प्रवेश द्धारमा यस्ता कुरा राख्नुपर्दछ ।

१. सबैभन्दा पहिले त घरको मेन गेटलाई विशेष रुपमा ध्यान दिनुपर्दछ । गेटको गाडी एउटा ठुलो ऐना राख्नाले घरमा छिर्ने मान्छेको पूरा प्रतिबिम्ब ऐना पर्नेकारणले कोहि नकारात्मका उर्जा लिएर आएको छ भने त्यस्तो उर्जालाई ऐनाले फकाईदिन्छ ।

२. घरको मुल द्धारमा मुद्रा भएको हनुमानको मूर्ति वा तस्विर दक्षिणदिशा तर्फ लगाउँदा मुलद्धारमा कुनै वास्तुदोष छ भने त्यस्तो दोष काटिन्छ । त्यस्तै यस्ता दोष हटाउनको लागी मुलद्धारमा पन्चधातुको पिरामिड लगाउन पनि सकिन्छ ।

३. घरमा नकारात्मक उर्जा नछिरोस् भन्ने चाहना सबैको हुन्छ, नकारात्मक उर्जा नछिराउँनको लागी घरको मुख्य द्धारमा घण्टी झुण्डाएर राखेमा नकारात्मक उर्जा छिदैन् ।

४.वास्तुशास्त्रको दोष हटाउनको लागी घरमा तुलसीको बोट रोप्नु एकदमै राम्रो मानिन्छ । घरमा तुलसीको बिरुवा रोपेर साझमा दैनिक रुपमा दीप बाल्नाले वास्तुदोष मेटिन्छ ।

५ वास्तुशास्त्रको अनुसार घरको मुल गेट खोल्ने बित्तिकै भयाङ् देखिनुलाई अशुभ मानिन्छ । यदि तपाईको घरमा पनि भयाङ् देखिन्छ, भने पर्दा लगाएर नदेख्ने बनाउनुहोस् ।

६. घरवरीपरी दुबो उम्रेको छ भने एकदमै राम्रो मानिन्छ । यसरी उम्रेको दुबोमा गणेशको प्रतिमा चढाएमा वास्तुको दोष भाग्दछ ।

७. घरलाई सुख, शान्तीमय र प्रिय बनाउनको लागी घरको उत्तरी भागमा धातुबाट बनेको कछुवाको प्रतिमा राख्ने र मुख्य द्धारमा क्रिस्टल बल झुण्डाएर रातो रंगको फित्ता पनि बाध्नेगर्नुपर्दछ ।

८.मुल प्रवेश द्धारमा आफ्नो सामथ्र्यअनुसार रंगौली बनाउनु शुभ मानिन्छ । यस्तो रंगौलीले लक्ष्मी मातालाई आर्कषित गरी धनसम्पत्ती पनि भित्रनेछ।

प्रकाशित : आइतबार, चैत १५, २०७७१९:४९

पहिलोपटक आमा-बाबु बन्दै हुनुहुन्छ? बच्चाको नाम राख्नुअघि जानौ यी विशेष कुरा!