स्वारेज लिभरपुल फर्किन सक्ने !

एजेन्सी – एथ्लेटिको म्याड्रिडका लुइस स्वारेज लिभरपुल फर्किने चर्चा शुरु भएको छ। बार्सिलोनाबाट यहि सिजन मात्रै एथ्लेटिको पगेका उनी लिभरपुल फर्किन लागेको चर्चा अन्तराष्ट्रिय संचार माध्यमहरुमा शुरु भएको हो।

विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार जारी सिजनको अन्त्य पश्चात स्वारेज लिभरपुल जान सक्छन्। त्यस सम्बन्धमा लिभरपुल र स्वारेज दुवै सकारात्मक रहेको बताइन्छ।

बार्सिलोनाबाट एथ्लेटिको गएपछि पनि लगातार राम्रो प्रदर्शन गरिरहेका स्वारेज र लिभरपुलका रोबर्टो फर्मिनो साटफेर हुन सक्ने अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्। एथ्लेटिको र लिभरपुल बीच आउने ट्रान्सफर विन्डोमै साटफेरको सम्झौता हुन सक्ने सम्भावना रहेको बताइन्छ।

फर्मिनो सन् २०१५ देखि लिभरपुलमा छन्। त्यसयता कुनै पनि समय उनले लिभरपुल छाड्ने चर्चा चलेको थिएन। तर अहिले आएर भने उनले लिभरपुल छाड्ने चर्चा चलिरहेको छ।

लालिगामा स्वारेजको प्रदर्शन

लालिगाको जारी सिजनमा स्वारेजले २५ खेल खेल्दै १९ गोल गरिसकेका छन् भने उनको नाममा दुई असिस्ट पनि रहेको छ। स्वारेज ला-लिगाको जारी सिजनमा दोस्रो शिर्ष गोलकर्ता हुन्। उनी भन्दा अगाडी मेस्सी छन्। मेस्सीको २३ गोल छ।

प्रिमियर लिगमा फर्मिनो

फर्मिनो गएका सिजनहरुमा जस्तो राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। लिभरपुलका लागि २६ खेल खेल्दा फर्मिनोले मात्रै ६ गोल गर्न सफल भएका छन्। हुन त फर्मिनो गोल गर्ने भन्दा पनि गोलको वातावरण बनाउने र असिस्ट गर्ने खेलाडी हुन्।

प्रकाशित : सोमबार, चैत १६, २०७७१२:३१

यी हुन् २०२१ का टप २० बेस्ट प्लेयर: परेनन् हालान्ड र एम्बाप्पे, मेस्सी र रोनाल्डो टप ५ मा !