यी हुन् २०२१ का टप २० बेस्ट प्लेयर: परेनन् हालान्ड र एम्बाप्पे, मेस्सी र रोनाल्डो टप ५ मा !

बार्सिलोनाक कप्तान लियोनल मेस्सी २०२१ वर्ष लागेसँगै उत्कृष्ट लयमा रहेका छन्। रोनाल्डो कोमनको प्रशिक्षणमा सिजनको सुरुवातका केहि महिना निकै खराब प्रदर्शन गरेका ३३ वर्षीय अर्जेन्टिनीले २०२१ को सुरुवातबाट भने आफ्नो स्तरको खेल देखाउँदै आएका छन्।

२०२१ को सुरुवात देखि मेस्सी जम्मा २ लालिगा खेलमा गोल गर्न चुकेका छन्। जस समयमा उनले १३ लिग खेलमा १६ गोल गरेका छन् भने थप ७ असिस्ट पनि प्रदान गरेका छन्। धेरैले मेस्सीको समय सकिएको प्रश्न उठाउँदै गर्दा मेस्सी फेरी पनि व्यक्तिगत बेस्टमा फर्केका हुन्।

यस्तोमा, सीआईइएस फुटबल अबजरभेटरीले गरेको एक अध्ययनका अनुसार उत्कृष्ट लयमाले मेस्सीलाई २०२१ मा अहिलेसम्ममायुरोपको शीर्ष पाँच लिगमा सर्वश्रेष्ठ खेलाडी बनाएको छ। प्रत्येक खेलाडीलाई १०० मध्येबाट रेटिंग दिने आफ्नै अनौंठो विधि प्रयोग गरेर सीआईईएस फुटबलले मेस्सीलाई ९२.५ को रेटिंग दिएको छ। ९० भन्दा माथि रेटिंग पाउने मेस्सी एक मात्र खेलाडी हुन्।

गत केहि सिजनमा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले २०२१ मा पनि आफ्नो फर्मलाई निरन्तरता दिँदै यो वर्ष पनि निकै राम्रो लयमा रहेका छन्। उनले २०२१ मा १३ लिग खेलमा १८ गोल गरिसकेका छन्। ८९.५ रेटिंग पाएका उनी दोस्रो स्थानमा रहेका छन्। त्यस्तै चेल्सीका मिल्फिल्डर जर्जिन्हो पनि ८९.५ रेटिंगका साथ लेवान्डोस्कीसँग संयुक्त दोस्रो स्थानमा छन्।

म्यानचेस्टर सिटीका स्टार डिफेन्डर रुबेन डियाज ८९.४ रेटिंगका साथ चौंथो स्थानमा रहँदा युभे सुपरस्टार क्रिस्टियानो रोनाल्डो ८९.३ रेटिंगका साथ ५ औं स्थानमा छन्।

टप २० को पूरा सूची यस प्रकार छ:

२०. मार्सेल हाल्सटेनबर्ग – आरबी लाईपजिंग  

१९. म्याक्सीमिलियन आर्नोल्ड – वुल्फ्सबर्ग 

१८. लुइस सुवारेज – एथलेटिको म्याड्रिड 

१७. एलेकजेन्डर इसक – रियल सोसीड्याड 

१६. जोसे फोन्टे – एलओएससी लिल 

१५. लुइस अल्बर्टो – लाजियो 

१४. रोबिन गोसेन्स – एटालान्टा 

१३. विलफ्रेड एनडीडी – लेसेस्टर सिटी 

१२. मार्सेलो ब्रोजोभिक – इन्टर मिलान 

११. गुइलेर्मो मरिपान – एएस मोनाको 

१०. जेडोन सान्चो – बोरुसिया डर्टमन्ड 

९. लोरेन्जो इन्सिने – नापोली 

८. आन्द्रे सिल्भा – फ्रान्कफर्ट

७. टोनी क्रुस – रियल म्याड्रिड 

६. नबिल फेकिर – रियल बेटिस 

५. क्रिस्टियानो रोनाल्डो – युभेन्टस 

४. रुबेन डियाज – म्यानचेस्टर सिटी

२= जर्जिन्हो – चेल्सी

२= रोबर्ट लेवान्डोस्की – बार्यन म्युनिख 

१. लियोनल मेस्सी – बार्सिलोना 

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७११:४८

थ्री नेशन कप जितेपछि नेपाली खेलाडीले भने “केपी ओली आई लभ यू”