सर्बिया विरुद्धको खेलमा गरेको व्यवहारको कारण रोनाल्डो माथि प्रतिबन्ध लाग्ने सम्भावना !

पोर्चुगिक कप्तान क्रिस्टियानो रोनाल्डो माथि प्रतिबन्ध लाग्ने सम्भावना रहेको छ। सर्बिया विरुद्धको विश्वकप छनौट खेलमा आफ्नो गोलले मान्यता नपाएपछि रोनाल्डो रिसाउँदै खेल सकिनुअघि नै मैदान छाडेर गएका थिए।

सर्बिया विरुद्धको खेलको अन्त्यतिर खेल २-२ को बराबरीमा रहेको अवस्थामा रोनाल्डोले गरेको गोलको प्रयास गोललाइन पार गरिसकेको थियो तर खेल रेफ्रीले रोनाल्डोको उक्त गोललाई मान्यता दिएनन्। टिभी रिप्लेमा प्रष्ट देख्न सकिन्थ्यो कि रोनाल्डोले प्रहार गरेको बलले गोललाइन पार गरेको थियो। रोनाल्डोले गोल सेलिब्रेसन पनि गरिसकेका थिए तर म्याच अफिसियलले उक्त गोल नभएको बताएका थिए।

जसपछि ३३ वर्षीय युभे फरवार्डले रेफ्रीले अन्तिम सिट्टी फुक्नु अघि नै खेल मैदान छाडेका थिए। उनले रिसमा आफ्नो क्यापटेनको आर्मब्याण्ड समेत फुकालेर फ्याँकीदिएका थिए। रेफ्रीले आफ्नो उक्त गल्तीका लागि माफी समेत मागेका छन्।

यस्तोमा, इटालियन आउटलेट क्यारीरी डेल्लो स्पोर्टका अनुसार रोनाल्डोलाई उसको आचरणको लागि कम्तिमा एउटा खेलमा प्रतिबन्ध लाग्न सक्नेछ। अनुशासन संहिताको अनुच्छेद ११ मा भनिएको छ: “संघ र क्लबहरू, साथै उनीहरूका खेलाडीहरू, अधिकारीहरू वा कुनै अन्य सदस्य वा तिनीहरूको पक्षका कुनै पनि सदस्यले खेल कानून, फिफा कानून र नियमहरू, दिशानिर्देशहरू, परिपत्रक र फिफाको निर्णयहरू पालना गर्नुपर्छ; त्यस्तै उनीहरूले निष्पक्ष खेल, वफादारी र अखण्डताका सिद्धान्तहरूको पालना गर्नुपर्छ।”

रोनाल्डो अझै यस आरोपमा दोषी ठहरिएका भने छैनन्।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१४:४३

के मेस्सीको ९१ गोल वाला वर्ष २०१२ साँच्चै नै ‘ओभररेटेड’ थियो ?