रोनाल्डो रिसाए भने के हुन्छ ? आफैं हेर्नुहोस् [भिडियो सहित]

शनिबार सर्बिया विरुद्ध विश्वकप छनौटको खेलमा रोनाल्डोले गरेको गोललाई म्याच अफिसियलले इन्कार गरेपछि रोनाल्डो निकै क्रोधमा देखिए जसका कारण उनले खेल सकिनु अघि नै आफ्नो कप्तानको आर्मब्याण्ड समेत मैदानमै फ्याँकीदिए र मैदान छाडे ।

२-२ को बराबरीमा रहेको खेलको अन्त्यतिर रोनाल्डोले गरेको प्रयास गोललाइन पार गरिसकेको थियो तर खेल रेफ्रीले रोनाल्डोको उक्त गोललाई मान्यता दिएनन्। टिभी रिप्लेमा प्रष्ट देख्न सकिन्थ्यो कि रोनाल्डोले प्रहार गरेको बलले गोललाइन पार गरेको थियो। रोनाल्डोले गोल सेलिब्रेसन पनि गरिसकेका थिए तर म्याच अफिसियलले उक्त गोल नभएको बताए।

यस्तोमा रोनाल्डो लाइन्सम्यानसँग विवाद गर्न सुरु गरे जसको कारण उनले पहेंलो कार्ड समेत पाए। जसपछि ५ पटकका ब्यालुन डी ओर विजेताको रिस प्रष्ट रूपमा देख्न सकिन्थ्यो। खेल सकिनु भन्दा पनि अघि नै उनले निराश हुँदै ड्रेसिंग रूममा जाँदै गर्दा आफ्नो आर्मब्याण्ड समेत फुकालेर भुइँमा फ्याँकीदिए।

रोनाल्डोले उक्त घटना बारे सामाजिक सञ्जालमा प्रतिक्रिया समेत दिएका थिए। उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै लेखेका छन्,”पोर्चुगल राष्ट्रिय टोलीको कप्तान हुन पाउनु भनेको मेरो लागि मेरो जीवनकै सबैभन्दा ठूलो गर्वको कुरा हो। मैले राष्ट्रको लागि सधैं मेरो सबै थोक दिएको छु र सधैं दिनेछु पनि, यो कहिले पनि परिवर्तन हुँदैन। तर कहिलेकहिँ समयको सामना गर्न निकै कठिन हुन्छ, खासगरी जब हामीलाई लाग्छ कि पूरा देशलाई नै हानी भइरहेको छ। अब आफ्नो शिर उठाउनुहोस् र अर्को चुनौतीको सामना गर्नुहोस्!”

तर यो पहिलो पटक भने हैन जब रोनाल्डोले आफ्नो रिसलाई नियन्त्रण गर्न सकेनन्। आफ्नो १५ झन्डै २० वर्षीय खेल जीवनमा यस्ता थुप्रै घटना देखियो जब रोनाल्डोले आफ्नो रिसलाई नियन्त्रणमा राख्न सकेनन्। अहिले रोनाल्डोको यस्तै एउटा भिडियो चर्चामा आएको छ जसमा रोनाल्डो अत्यन्त रिसमा देखिन्छन्।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१८:१४

नेपालले उपाधि जीतेपछि दिपकराजले लेखे: “नेपाली फूटबल खेलाडिले चियाको कप मात्रै उठाको देखेको थिए”