नेपालले उपाधि जीतेपछि दिपकराजले लेखे: “नेपाली फूटबल खेलाडिले चियाको कप मात्रै उठाको देखेको थिए”

काठमाडौँ । काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई हराउँदै थ्री नेशन्स् कपको उपाधि जित्यो। आयोजक नेपालका साथै बंगलादेश र किर्गिस्तान पनि सहभागी थिए।

फाइनल खेलमा बंगलादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले आफ्नो मातृभूमिमा ३७ वर्षपछि पहिलोपटक कुनै अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भयो। नेपालका लागि सन्जोग राई र बिशाल राईले गोल गर्न सफल भएका थिए। बंगलादेशका लागि भने महाबुबुर रहमानले एक गोल गरेका थिए।

उपाधि जितेसँगै नेपाली टोलीलाई संसारभर रहेका नेपालीले बधाई दिइरहेका छन्। यस्तोमा, नेपाली चलचित्र जगतका कलाकार दिपक राज गिरीले दिएको बधाईले भने नेपाली फुटबल टोलीलाई होच्याएको जस्तो देखियो। नेपालले बंगलादेशलाई हराउँदै उपाधि जितेसँगै दिपकले फेसबुक मार्फत नेपाली टोलीलाई बधाई दिँदै लेखे,”नेपाली फूटबल खेलाडिले चियाको कप मात्रै उठाको देखेको थिए, आज धेरै पछि प्रतियोगिताकै कप उठाको देख्न पाइयो हार्दिक बधाइ नेपाली फुटबल टिम ! बिराज महर्जन बिशेष बधाइ र बिदाइ!”

दिपकराजको उक्त पोस्टले धेरै नेपाली फुटबल फ्यान्स खुसी देखिएनन्। उनीहरुले दिपकको यो पोस्टमै गएर हास्यासपद रुपमा दिपकलाई होच्याएर कमेन्ट गरिरहेका छन्।

लिग चरणमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो। त्यस्तै, बंगलादेशले लिग चरणमा किर्गिस्तानको टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो। च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१८:३६

लक्जेमवर्गमाथि पोर्चुगलको जित, रोनाल्डोले गोलसंख्या १०३ पुर्‍याए !