अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले लन्च गरे नयाँ आधिकारिक वेबसाइट !

वासिङटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक वेबसाइट (www.45office.com) सुरु गरेका छन्। यो सामाजिक प्लेटफर्म उनले आफ्ना समर्थकहरुसँग सम्पर्कमा रहन र कार्यालयमा आफूले बिताएको समयको बारेमा जानकारी दिनको लागि लेराइएको बुझिएको छ।

ट्रम्पले लन्च गरेको यस नयाँ वेबसाइट खेल्दा होमपेजमा ट्रम्पका विभिन्न तस्बिरहरु राखिएको छ, जसमा उनकी पत्नी मेलानिया, सेनाका सदस्य, राष्ट्रपति हुँदा विश्व नेताहरुसँग विभिन्न समारोहमा लिइएका फोटोहरु पनि देख्न सकिन्छ।

तस्बिरका साथै वेबसाइटको होमपेजको तल पट्टि उनको महान् ट्रम्प विरासतको संरक्षण गर्न र सँगसँगै ‘अमेरिका फर्स्ट एजेन्डा’ लाई अगाडि बढाउनका लागि ट्रम्प अफिस प्रतिबद्ध रहेको भन्ने सन्देश लेखिएको छ। साथै कार्यालयको माध्यमबाट राष्ट्रपति ट्रम्प देशका मेहनती पुरुष र महिलाहरूको लागि – र सुरक्षा, मर्यादा, समृद्धि, र शान्तिको लागि बाँच्न पाउने अधिकारको लागि सधै लडिरहने पनि बताइएको छ।

त्यस्तै, वेबसाइटको ‘अबाउट’ भन्ने अंशमा ८५० शब्दमा ट्रम्पको कार्यकाल अवधिका उपलब्धिबारे व्याख्या गरिएको छ। सन् २०२० को निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनसँग हारे पनि रिपब्लिकन पार्टीमा ट्रम्पको लोकप्रियता अत्यधिक रहेको छ। यही कारण उनले २०२४ मा फेरि चुनाव लड्ने संकेत पनि दिइसकेका छन्।

यसअघि गत जनवरीमा अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र ट्विटरले ट्रम्पको एकाउन्ट प्रतिबन्धित गरेको थियो। गत जनवरी ६ तारिखका दिन उनका समर्थकले अमेरिकी संसद् भवनमा आक्रमण गरेयता ट्रम्पका ट्विटर, फेसबुक, युट्युब लगायत सामाजिक सञ्जाल अकाउन्ट सँधैको लागि बन्द गरिएको थियो।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१६:२७

साउन १ बाट वृद्धभत्ता बढाउले जानकारी दिँदै ओलीले भने: रेल किनेर ल्याइसकेको छ, सञ्चालन छिट्टै हुन्छ