साउन १ बाट वृद्धभत्ता बढाउले जानकारी दिँदै ओलीले भने: रेल किनेर ल्याइसकेको छ, सञ्चालन छिट्टै हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन्।

मंगलबार रिपोर्टस क्लबको कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन्। अब साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ,” उनले भने, “अब कसैलाई आपत्ति लाग्न पनि सक्छ। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।”

उनले आफूले गरेको यो निर्णयले कसैलाई छटपटी हुने र राति निन्द्रा समेत नलाग्ने बताएका छन्। उनले भने,”सरकारले अब बुढाबुढी पनि हेर्न थाल्यो। मान्छेहरूलाई अब अर्काे छटपटी शुरू हुन्छ, निद्रा लाग्दैन।”

त्यस्तै, उनले आफ्नो सरकारले नेपालमा रेल चलाएरै छाड्ने दाबी गरेका छन्। “रेल किनेर ल्याइसकेको छ। सञ्चालन छिट्टै हुन्छ,” उनले भने। आफ्नो सरकारले गरेको विकासका कार्यको बारेमा बताउँदै प्रधानमन्त्री ओलीले सरकारले एकैपटक ३०९ अस्पताल शिलान्यास गरेको पनि जानकारी दिए। २१० सडक एकैपटक शिलान्यास गरेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१६:५४

पछिल्लो २४ घण्टामा १६७ जना नयाँ संक्रमित भेटिए, कुन-कुन जिल्लामा कति ? [सूची सहित]