पछिल्लो २४ घण्टामा १६७ जना नयाँ संक्रमित भेटिए, कुन-कुन जिल्लामा कति ? [सूची सहित]

काठमाडौँ — मंगलबार देशभर १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ३ हजार १ सय ४० जनामा गरिएको परीक्षणमा १६७ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।

आज सबैभन्दा धेरै काठमाडौँ जिल्लामा मात्र ७८ जना कोरोना संक्रमित फेला परेका छन्। त्यस्तै, कास्कीमा ३२ जना संक्रमित भेटिएकोमा चितवनमा २२ जना संक्रमित थपिएका छन्। उपत्यकाका अन्य जिल्ला ललितपुर र भक्तपुरमा भने क्रमश: ७ र ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काभ्रेपलान्चोक र रुपन्देहीमा तीन÷तीन जना, नवलपरासी पूर्व, दाङ, डोटीमा दुई÷दुई जना, उदयपुर, मोरङ, धनुषा, गोर्खा, तनहुँ, बाग्लुङ, पाल्पा, बर्दिया, बाँके र कैलालीमा एक÷एक जना कोरोना सङ्क्रमति फेला परेका छन्।

प्रदेशगतरुपमा प्रदेश नं १ मा दुई, प्रदेश नं २ मा एक, वाग्मतीमा ११४, गण्डकीमा ३९, लुम्बिनीमा ८ र सुदूरपश्चिममा तीन सङ्क्रमित फेला परेका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ११५ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ७२७ रहेको छ । हाल नेपालमा १ हजार ३९० सक्रिय संक्रमित रहेका छन् ।

मंगलबार कोरोना संक्रमणको कारण थप ३ जनाको मृ-त्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, अहिलेसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार ३० रहेको छ ।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१७:२५

सवारी लाइसेन्सको ट्रायलमा ७० अंक ल्याए पुग्ने नियम जेठ १ देखि लागू हुने