लक्जम्बर्ग विरुद्ध रोनाल्डोले यस वर्षभर कै खराब ३० सेकेन्डको खेल देखाए !

क्रिस्टियानो रोनाल्डोले आश्चर्यजनक रूपमा लक्जमबर्ग विरुद्धको खेलमा पोर्चुगलका लागि आफ्नो ब्रेस पूरा गर्ने सुन्दर अवसर गुमाए जब उनले एन्थोनी मोरिस विरुद्ध एक भर्सेस एकमा गोल गर्न सफल भएनन्।

मंगलबार स्टडे जोसी बार्थेलमा भएको खेलमा लक्जमबर्गलाई अग्रतामा दिलाउने क्रममा गेर्सन रोड्रिग्सले पहिलो हाफमा पोर्चुगललाई चकित पारे। तर लिभरपुल स्टार डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई पहिलो हाफको अन्त्यतिर बराबरीको स्थितिमा ल्याए। पोर्चुगलका कप्तान रोनाल्डोले खेलको दोस्रो हाफको सुरुमै आफ्मो टोलीलाई अग्रता दिलाए।

तर जुभेन्टस सुपरस्टारले खेलको ७७ औं मिनेटमा गोल गर्ने निकै सुन्दर मौका गुमाए। ३६ वर्षीय पोर्चुगिजले सबै डिफेन्डरलाई छक्याउँदै गोलकिपरसँग वन भर्सेस वानको अवस्थामा पुगेका थिए। तर रोनाल्डोको प्रहार लक्जम्बर्गका किपरले सजिलै रोक्न सफल भए। त्यसपछिको रिबाउन्डमा पनि रोनाल्डोको प्रहार मोरिसको खुट्टाले रोकियो।

राफा शिल्भाको सुन्दर पासले रोनाल्डोलाई भेट्टायो जसलाई रोनाल्डोले कुनै पनि गल्ती नगरी गोलमा परिणत गर्न सफल भएका थिए तर खेल रेफ्रीले रोनाल्डो अफ-साइड पोजिसनमा रहेको संकेत गरे। खेलको ८० औं मिनेटमा पोर्चुगलका जोआओ पालिन्होले गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे।

२०२२ विश्वकप छनौट ग्रुप ए मा पोर्चुगल तीन खेलबाट ७ अंकका साथ पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको सर्बियाको पनि ७ अंक नै रहेको छ।

प्रकाशित : बुधबार, चैत १८, २०७७१७:३५

मेस्सीलाई बम्पर अफर दिने तयारीमा बार्सिलोना !