मेस्सीलाई बम्पर अफर दिने तयारीमा बार्सिलोना !

एक रिपोर्टले जनाए अनुसार एफसी क्लब बार्सिलोनाले कप्तान लियोनल मेस्सीलाई क्याम्प नाउमै राख्नको लागि नयाँ प्रस्तावको तयारी गरिरहेको छ। क्लबका नवनिर्वाचित अध्यक्ष जोआन लापोर्टाले अर्जेन्टिना स्टारलाई सार्वजनिक र निजी रूपमा आश्वासन दिएका छन् कि क्लबले उनलाई बार्सामै राख्न आफ्नो शक्तिमा भएको हरेक कुरा गर्नेछ।

यद्यपि कुनै ठोस सम्झौता भने अझै भएको छैन। यस समयमा क्लब कप्तान मेस्सी बार्सिलोनामा कम्तिमा अर्को वर्ष आफूलाई प्रतिबद्ध गर्नु अघि नयाँ सम्झौताको प्रस्तावको पर्खाइमा छन्। क्लबले उनको लागि नयाँ प्रस्ताव आउँदो केहि हप्ता भित्र पठाउने बुझिएको छ, जसले मेस्सी र क्लबका शीर्ष व्यक्ति बीचको छलफल हुने वातावरण तयार पार्नेछ।

गत सिजनको अन्त्यमा मेस्सीले बार्सिलोना छाड्न चाहेका थिए तर जसोतसो क्लबले त्यो हुन दिएन। तत्कालिन अध्यक्ष जोसेप बर्टोमेउसँगको सम्बन्धको कारण मेस्सीले क्लब छाड्ने निर्णय गरेको बुझिएको थियो।

यस्तोमा, क्लबमा नयाँ अधय्क्षको आगमनसँगै धेरैले उनी बार्सिलोनामै रहने विश्वास गर्न थालेका छन्।

प्रकाशित : बिहिबार, चैत १९, २०७७११:२७

मेस्सी जस्तो त बन्न सक्दिन, तर रोनाल्डो भन्दा उत्कृष्ट बन्न सक्छु: हजार्ड