क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी….. यी दुई मोडर्न डे ग्रेटले फुटबल जगतमा पछिल्लो १५ वर्षदेखि राज गर्दै आएका छन्। मोडर्न फुटबलमा यी दुई खेलाडीको आस-पास पनि कोहि खेलाडी आउँदैनन्।
एडेन हाजार्ड यी दुई खेलाडीपछिको ब्र्याकेटमा आउँछन्। चेल्सीमा हुँदा लन्डन क्लबका लागि ११० गोल गरेका हाजार्डले दुई प्रिमियर लिग उपाधि जितेका छन्। ब्यालुन डी ओरमा उनको सर्वोत्कृष्ट स्थान भने २०१८ मा आठौँ स्थानमा रहेका थिए।
तर हाजार्डले पूर्व टिममेट जोन ओबि मिकेलसँग मेस्सी र रोनाल्डो बारे दिएको टिप्पणीले भने सबैलाई चकित पार्न सक्छ। मिकेलले एथलेटिकलाई भने, “मैले सँधै भनेको छु कि सबैभन्दा गिफ्टेड मध्ये एक खेलाडी जोसँग सब थोक थियो – गति, शक्ति, सीप, टेकनिक – त्यो एडेन हाजार्ड हो। उनी मात्र मेस्सी र रोनाल्डो भन्दा पछि थिए। तर त्यो पनि उनले चाहेको भए मात्र। उनी त्यति उत्कृष्ट थिए।”
“उनले आफैं भन्ने गर्थे,’म जति सक्दो उत्कृष्ट हुन चाहन्छु। मेस्सी जस्तो उत्कृष्ट हैन किनकि उनी अर्को ग्रहबाट हुन्। तर मलाई लाग्छ म रोनाल्डोको आस-पास पुग्न सक्छु होला वा अझ राम्रो पनि हुन सक्छु।’ यो हाजार्डको शब्द थिए। तर उनी फुटबल प्रति धेरै समर्पित थिएनन्। उनी राम्रोसँग ट्रेनिंग नै गर्दैनथे,” मिकेलले भने।
चेल्सीमा हुँदा विश्वकै उत्कृष्ट खेलाडी मध्ये एक मानिने हाजार्ड अहिले रियल म्याड्रिडमा भने चोटका कारण लगातार संघर्ष गरिरहेका छन्।