बार्सिलोनाको अध्यक्ष पदमा जोआन लापोर्टा निर्वाचित भएसँगै उनले एर्लिंग हालान्डलाई क्लबको प्रमुख लक्ष्यको रूपमा राखेका छन्। क्लबकको अध्यक्ष बन्नासाथ उनी समर ट्रान्सफर विन्डोमा एर्लिंग हालान्डलाई क्लबमा भ्त्र्याउन तिर लागेका छन्। आउँदो समर ट्रान्सफर विन्डोमा बार्सिलोनाको नजर सर्जियो अगुएरो, एरिक गार्सिया जस्ता खेलाडीमा रहेपनि बार्साको प्रमुख लक्ष्य भने हालान्ड हुनेछन्।
यस्तोमा स्पेनका केहि रिपोर्टका अनुसार हालान्डका बुबा र उनका एजेन्ट मिनो राएओला डर्टमन्डसँग खेलाडीको भविष्यको बारेमा छलफल गरे लगत्तै बार्सिलोना आएका छन्। उनीहरुलाई केहि घण्टाअघि मात्र बार्सिलोनाको एरपोर्टमा देखिएको केहि रिपोर्टले बताएका छन्। डाएरियो सपोर्टले गररेको रिपोर्ट अनुसार उनीहरुलाई बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको व्यक्तिगत ड्राइभरले एरपोर्टबाट पिक गरेको समेत बताइएको छ।
दुई पक्ष बीचको छलफल अहिले जारी रहेको बुझिएको छ। हालान्डका एजेन्ट राएओला र लापोर्टा बीच निकै राम्रो सम्बन्ध भएको कारणले यो छलफल सकारात्मक हुने बताइएको छ।
यो सिजन ३१ गोल र ८ असिस्ट प्रदान गरिसकेका हालान्डमाथि थुप्रै क्लबको नजर रहनेछ। हालान्ड क्लबको प्रमुख लक्ष्य भएता पनि बार्सिलोनाले अन्य खेलाडी पनि भित्रयाउने विश्वास छ। एरिक गार्सिया, सर्जियो अगुएरो, मेम्फिस डेपे, डेभिड अलाबा र जर्जिन्हो विनहाल्डम जस्ता खेलाडी पनि बार्सिलोनाको नजरमा रहेको बताइन्छ।