थप १६२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल सङ्ख्या २ लाख ७७ हजार माथि !

काठमाडौँ — बुधबार देशभर १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ३ हजार ९ सय १९ जनामा गरिएको परीक्षणमा १६२ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ७८६ रहेको छ । हाल नेपालमा १ हजार ४९३ सक्रिय संक्रमित रहेका छन् ।

बुधबार कोरोना संक्रमणको कारण थप कसैको पनि मृ-त्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस्तोमा, अहिलेसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार ३० रहेको छ ।

प्रकाशित : बुधबार, चैत १८, २०७७१६:२८

भारतमा भयानक बन्दै कोरोनाको दोस्रो लहर, नेपालमा पनि खतरा !