भारतमा भयानक बन्दै कोरोनाको दोस्रो लहर, नेपालमा पनि खतरा !

२०२१ मार्च २८ को दिन भारतमा दुनियाभर कै सबैभन्दा धेरै ६८ हजार २० जना कोरोना संक्रमित फेला परे, जुन तथ्यांक पछिल्लो १ सय ६९ दिनयताको सबैभन्दा उच्च रहेको छ।

यो भन्दा पहिला यो आँकडा भन्दा धेरै संक्रमित अघिल्लो वर्ष १० अक्टोबरको दिन ७४ हजार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको थियो। १५ भन्दा धेरै जिल्लामा कोरोना महामारीको दोस्रो लहरले भयानक रुप लिएको यी जिल्लाहरुमा नयाँ संक्रमितको संख्या लगातार बढिरहेको छ। यद्यपी, अझै पनि दोस्रो लहरको उच्च अवस्था भने नआइसकेको हुँदा अझ यो तथ्यांक बढ्ने सम्भावना रहेको छ।

दोस्रो लहरको उच्च बिन्दु कहिले पुग्छ कति पुग्छ भन्ने कुरा कुनै पनि वैज्ञानिक स्पष्टसँग अहिले केहि पनि बोल्नसक्ने अवस्थामा नभएको बताइन्छ। यद्यपी, अहिलेको अवस्थालाई दोस्रो लहरको सुरुवाती चरण मात्र मानिएको छ ।

सेप्टेम्बर २०२० मा पहिलो चरणको उच्च अवस्थामा महाराष्ट्रका जिल्लामा संक्रमणको अवस्था जस्तो थियो अहिले त्यसको पनि तीन गुणा भइसकेको छ। वैज्ञानिकहरुका अनुसार महाराष्ट्रमा नयाँ बिरामीको संख्या ह्वात्तै बढ्नुको प्रमुख कारण परीक्षण कम हुनु रहेकोले अन्य राज्यले यस बाट केहि सिक्नुपर्नेमा जोड दिएका छन्।

यस्तोमा, छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहरले भयानक रुप लिँदै गर्दा नेपालमा पनि त्यस्तो अवस्था नआउला भन्न कतै पनि सकिन्न। कोरोना संक्रमणको दोस्रो लहरले सबैभन्दा ग्रसित राज्य महाराष्ट्रमा नै नेपालीहरु धेरै आवत-जावत गर्ने गर्छन्। यस्तो, अवस्थामा उच्च सतर्कता नअपनाएको खण्डमा नेपालमा पनि कोरोनाको दोस्रो लहर नआउला भन्न कतै पनि सकिन्न। त्यसैले, सीमा नाकामा कडाई र व्यक्तिगत रूपमा पनि उच्च सतर्कता अपनाउन निकै जरूरी रहेको छ।

प्रकाशित : बुधबार, चैत १८, २०७७१७:१८

साराको यस ब्याकलेस ब्लाउज सामाजिक संजालमा भाइरल-[तस्विर]!