वायु प्रदूषण कम गर्न माग गर्नेहरु प्रहरीको फन्दामा [फोटो फिचर]

वायु प्रदूषण रोक्नका लागि सरकारले ठोस कदम चाल्नु पर्ने माग राख्दै सरकारलाई दबाब दिन धर्नामा बसेका युवालाई प्रहरीले पक्राउ गरेको छ।

केही दिनयता काठमाडौंलगायत देशका थुप्रै क्षेत्रमा वायु प्रदूषण बढेको छ, जसको कारण स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने स्वास्थ्यविद्ले चेतावनी समेत दिएका छन्। यस्तोमा, प्रदूषण रोक्नका लागि सरकारले ठोस कदम चाल्नु पर्ने मागका साथ सरकारलाई दबाब दिने उद्देश्यले शुक्रबार बिहान केही युवा सिंहदरबारकाे पश्चिमी गेटमा धर्नामा बसेका देखियो।

यस्ता जनचेतना फैलाउन तथा सरकारलाई दबाब दिन बसेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले प्रदूषण कम गर्नको लागि सबैले वन जङ्गल जोगाउनु पर्ने र तराईका जङ्गलको सम्रक्षण गर्नु पर्ने माग राखेका थिए।

प्रकाशित : शुक्रबार, चैत २०, २०७७१२:४८

नक्कली प्रहरी बनेर पैसा ठगी गर्ने दुई जना पक्राउ !