काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सम्ममा मेलम्ची बाहेक अन्य दुई स्रोतको पानी पनि काठमाडौँमा ल्याउने दाबी गरेका छन्।
शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउँदो ३ वर्षमा अर्थात २०८१ को नयाँ वर्ष सम्ममा याङ्ग्री र लार्केको पानी काठमाडौँ ल्याउने बताएका हुन्।
मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी सोहो टनेलमा थपेर ल्याउने मिल्ने भएकोले अब याङ्ग्री र लार्केको पानी ल्याउन सजिलो हुने प्रधानमन्त्री ओलीको भनाइ थियो। “‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन,” ओलीले भने।

