एक रिपोर्टका अनुसार म्यानचेस्टर सिटी अझै पनि लियोनल मेस्सी र एर्लिंग हालान्डलाई आउँदो समरमा हस्ताक्षर गर्न चाहन्छ। गत वर्ष मेस्सीले बार्सिलोना छाड्न चाहेको चर्चा देखि सिटी मेस्सीलाई अनुबन्ध गर्न तयारी गरिरहेको बताइन्छ। यदि मेस्सीले बार्सिलोना छाडेको खण्डमा पेप् ग्वार्डीओलाको कारण सिटी नै जाने धेरै सम्भावना रहेको बुझिन्छ।
बुधबारको एक स्पेनिस रिपोर्ट अनुसार सिटीले अब भने मेस्सीलाई अनुबन्ध गर्ने आशा छाडेको र मेस्सी बार्सिलोना मै बस्ने दाबी गरेता पनि द सनका अनुसार भने पिमियर लिग लिडर आउने समर ट्रान्सफर विन्डोमा एर्लिंग हालान्ड र बार्सिलोनाका कप्तान लियोनल मेस्सी दुबैलाई अनुबंध्य गर्ने प्रयासमा रहनेछ। रिपोर्टका अनुसार सिटी अझै पनि ग्वार्डीओला र मेस्सीको पुनर्मिलन गराउने दाउमा रहेको छ।
सोमबार मात्र सिटीमे क्लबका रेकर्ड गोल स्कोरर सर्जियो अगुएरोले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेको छ। यस्तोमा, अर्जेन्टिनीको स्थानमा एर्लिंग हालान्ड र एस्टन भिल्लाका ज्याक ग्रिलिस सिटीको प्रमुख टार्गेटको रूपमा रहेको सपोर्टमेलले बताएको छ। यी दुई खेलाडी अनुबन्ध गर्नको लागि सिटीले करिब २०० मिलियन खर्च गर्नु पर्ने हुन्छ।
यद्यपि, सनले दाबी गरेको छ कि मेस्सी अझै सिटीको प्रमुख लक्ष्यको सूचीमा छन् र क्लबले बार्सिलोनाको आर्थिक समस्याको फाइदा उठाउँदै अर्जेन्टिनी कप्तानलाई क्लबमा भ्त्र्याउने दाउमा रहनेछ। मेस्सीको बार्सिलोनासँगको सम्झौता यहि सिजनको अन्तिमबाट सकिँदै छ।