एजेन्सी – पाकिस्तानमा बलिउड फिल्महरूको राम्रो पकड छ। विशेष गरी केहि कलाकारहरु भारतमा भन्दा पनि पाकिस्तानमा बढी रुचाइन्छन्। जब पनि बलिउड चलचित्रहरु त्यहाँका सिनेमाघरहरूमा प्रदर्शित हुन्छन्, बलिउड निर्माताहरू मालामाल हुन्छन्।
पाकिस्तानी चलचित्रघरका मालिकहरु आफैंले पनि भारतीय चलचित्रहरुका कारण हल चल्ने गरेको बताउने गरेका छन्। केहि बलिउड कलाकारहरु पाकिस्तानमा यति धेरै चर्चित छन् कि उनीहरुको हरेक चलचित्र त्यहाँ हिट हुन्छन्। आज यहाँ हामी त्यस्तै पाकिस्तानमा धेरै नै रुचाएका बलिउड कलाकार बारे चर्चा गर्दैछौं।
शाहरुख खान
शाहरुख पाकिस्तानमा सबै भन्दा बढी चर्चित बलिउड कलाकारको पहिलो स्थानमा पर्छन्। पाकिस्तानमा शाहरुख खानलाई धेरै नै रुचाइन्छ। उनका हरेक चलचित्र त्यहाँ हिट हुने गर्छन्। सिनेमाघरमा रिलिज नभएका शाहरुखका चलचित्रहरुपनि पाकिस्तानीहरु इन्टरनेटमा खोजि-खोजि हेर्छन्।
आमिर खान
बलिउडका मिस्टर परफेक्शनिस्ट अर्का कलाकार हुन् जसको पाकिस्तानमा ठूलो लोकप्रियता छ। आमिरका फिल्महरू ‘पीके’ र ‘धूम’ पाकिस्तानमा ठुलो हिट साबित भए। त्यस्तै आमिरका चलचित्रहरु पनि पाकिस्तानीहरु इन्टरनेटको माध्यमबाट हेर्छन्।
सलमान खान
बलिउडका दबंग खान अर्थात् सलमान खानको दबदबा पाकिस्तानी बक्स अफिसमा पनि छ। कयौं वर्ष देखि सलमानका चलचित्रहरुले पाकिस्तानमा राम्रो ब्यापार गरिरहेका छन्। सुल्तान र बजरंगी भाईजान जस्ता धेरै अन्य फिल्महरूले पाकिस्तानमा राम्रो ब्यापार गरेका थिए।
कटरिना कैफ
पाकिस्तानमा सबै भन्दा बढी रुचाइने बलिउड नायिकामा कटरिना पर्छिन्। सलमान खानसँग उनले काम गरेका धेरै चलचित्रलाई पाकिस्तानमा रुचाइएको छ।
दीपिका पादुकोण
दीपिका पनि पाकिस्तानमा अत्याधिक चर्चित छिन्। पाकिस्तानमा दीपिकाको राम्रो फ्यान फलोविंग छ। भारतमा विवादित बनेको चलचित्र पद्मावत पाकिस्तानमा बिना कुनै छाँटकाँट रिलिज गरिएको थियो। उक्त चलचित्रले त्यहाँ राम्रो ब्यापार गरेको थियो।