यति धेरै सुन्दर छिन् काजल अग्रवाल, हेर्नुहोस् तस्विरमा !

साउथ फिल्मको चर्चित अभिनेत्री  काजल अग्रवालको  जन्म  जुन १९  १९८५ मा भएको  हो।  उनले आफ्नो अध्ययन किशन चन्द  कलेज  मुम्बईबाट मास मिडियामा ग्रयाजुएशनको पढाई सकाएकी थिइन्। उनले २००४ मा  फिल्म ‘ क्यु हो गया ना ‘ बाट फिल्मी क्षेत्रमा डेब्यु गरेकी थिइन्।

तर उनलाई खास पहिचान भने ‘मगाधीरा ‘ फिल्मबाट मिलेको थियो। त्यसपछि उनी रातारात चर्चित भएकी थिइन्।  सोहि फिल्म सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको थियो। उनी कमै समयमा आफ्नो अभिनयले दर्शकको मनमा  बस्न  सफल छिन्।

उनले बलिउडमा सिंघम ,दो लफ्जो  कि कहानी ,स्पेशल २६ मा काम गरेकी थिइन्। उनले २०२० सालमा गौतम किचुसँग विवाह गरेकी थिइन्। उनको आउँदो फिल्म इन्डियन २ र आचार्य रहेको छ।

तस्विर: सामाजिक संजाल

प्रकाशित : आइतबार, चैत २२, २०७७१८:२१

बिहेपछि झन् बोल्ड बनेकी आँचल शर्मा, हेर्नुहोस् यी ५ तस्बीर !