रोनाल्डोलाई किन सुपरह्युमन भनिन्छ ? यी तस्बीर हेर्नुहोस्, आफैं थाहा पाउनु हुनेछ

फुटबल जगतमा आएको थुप्रै परिवर्तनका साथै फुटबल खेलाडीहरु पनि निकै एथलेटिक हुँदै छन्। तर जब फुटबल जगतमा फिटनेसको कुरा आउँछ ३६ वर्षको उमेरमा पनि रोनाल्डो एक नम्बरमा आउने गर्छन्। आआफ्नो उत्कृष्ट करियरमा रोनाल्डोले आफ्नो फिटनेसको निकै ध्यान राखेका छन्।

अन्य फुटबल खेलाडीले जस्तै रोनाल्डोले पनि स्वस्थ खाना, पिउनु र पर्याप्त मात्रमा सुत्ने गर्छन्। तर जब कुरा आउँछ जिममा ट्रेनिङको तब रोनाल्डो अन्य कुनै पनि खेलाडी भन्दा गम्भीर छन्। उनी जति फिटनेसप्रति समर्पित सायदै कोहि होला। र उनको यस्तो परिश्रम उनको खेलमा पनि देखिन्छ।

उनले आफ्नो फिटनेसलाई गम्भीरतका साथ नलिएको भए सायद आजको समयमा आज हामीले रोनाल्डोको सुपरह्युमन जम्प देख्न पाउने थिएनौं। उनी आजको समयमा पनि आफू भन्दा आधा उमेरका युवा डिफेन्डर भन्दा माथि जम्प गर्न सक्छन्।

हामी सबैले म्यानचेस्टर, म्याड्रिड, युभे र पोर्चुगलबाट उनका सुपरह्युमन जम्प त देखेका नै छौं। ५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोको सबैभन्दा बढी रेकर्ड गरिएको जम्प फेब्रुअरी २०१३ मा म्यानचेस्टर युनाइटेड विरुद्ध च्याम्पियन्स लिगको खेलमा गोल गर्दा २.९३ मिटरको जम्प रहेको छ।

हेर्नुहोस् रोनाल्डोका यस्ता जम्प जसले ग्र्याभिटीलाई समेत फेल गरेको छ……

२०१६ युरो कपमा वेल्स विरुद्धको खेलमा रोनाल्डोको हेडर गोल 

यो कसरी सम्भव छ ? 

एल-क्लासिकोमा रोनाल्डोको अविश्वसनीय हेडर 

च्याम्पियन्स लिग खेलमा पीएसजीका खेलाडीको अगाडी रोनाल्डोको हेडर 

२००८ च्याम्पियन्स लिग फाइनलमा चेल्सी विरुद्ध हेडिंग गोल 

सम्भवत रोनाल्डोको करियरको बेस्ट हेडर 

एभ्रालाई हेर्नुहोस् 

म्यानचेस्टरका लागि गरेको सबैभन्दा उत्कृष्ट हेडर मध्ये एक 

प्रकाशित : आइतबार, चैत २२, २०७७१८:१५

“युभेन्टस विरुद्ध गरेको ओभर-हेड गोल भन्दा जर्जिनासँगको सम्बन्ध उत्कृष्ट लाग्छ”