क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की वा लियोनल मेस्सी: यो वर्ष को टपमा आउला त ?

२०२०-२१ को युरोपियन गोल्डेन बुटका लागि रेस अन भएको छ र युरोपका टप स्ट्राइकरहरु आफ्नो गोल सङ्ख्या सक्दो बढाएर उक्त अवार्ड जित्न चाहन्छन्। लाजियोका काइरो इमोबिलेले पछिल्लो पटक लेवान्डोस्की, रोनाल्डो, मेस्सी, वेर्नर जस्ता प्रतिस्पर्धीलाई पछि पार्दै गोल्डेन बुट जित्न सफल भएका थिए। तर यो सिजन पनि उनले यो अवार्ड जित्नको लागि भने निकै लडाई गर्नु पर्ने देखिन्छ।

गोल्डेन बुटको दौड निकै प्रतिस्पर्धात्मक मोडमा पुगेको समयमा आज हामी तपाईंलाई २०२०-२१ मा युरोपको शीर्ष लीगहरूमा सबै शीर्ष गोल स्कोररहरूको सूची लिएर आएका छौं र उनीहरु गोल्डेन बुटको दौडमा कहाँ छन् त ? हेर्नुहोस्……
१. रोबर्ट लेवान्डोस्की – बार्यन म्युनिख – ३५ गोल (७० अंक )

२. क्रिस्टियानो रोनाल्डो – युभेन्टस – २४ गोल (४८ अंक)

३. लियोनल मेस्सी – बार्सिलोना – २३ गोल (४६ अंक)

४. एर्लिंग हालान्ड – बोरुसिया डर्टमण्ड – २१ गोल (४२ अंक)

५. आन्द्रे सिल्भा – फ्रान्कफर्ट – २१ गोल (४२ अंक)

६. किलियन एम्बाप्पे – पीएसजी – २० गोल (४० अंक)

७. रोमेलु लुकाकु – इन्टर मिलान – २० गोल (४० अंक)

८. लुइस सुवारेज – एथलेटिको म्याड्रिड – १९ गोल (३८ अंक)

९. जेरार्ड मोरेनो – भिल्लारियल – १९ गोल (३८ अंक)

१०. ह्यारी केन – टोटनह्याम – १९ गोल (३८ अंक)

११. करिम बेन्जामा – रियल म्याड्रिड – १८ गोल (३६ अंक)

१२. मोहम्मद सलाह – लिभरपुल- १८ गोल (३६ अंक)

१३. लुइस मुरिएल – एटालान्टा – १८ गोल (३६ अंक)

१४. वोउट वेगहर्स्ट – वुल्फ्सबर्ग – १७ गोल (३४ अंक)

१५. ब्रुनो फर्नान्देज – म्यानचेस्टर युनाइटेड – १६ गोल (३२ अंक)

१६. ज्लाटान इब्राहिमोभिक – एसी मिलान – १५ गोल (३० अंक)

१७. यूसेफ एल-नेजिरी – सेभिल्ला – १५ गोल (३० अंक)

१८. सिमी- क्रोटोने – १५ गोल (३० अंक)

१९. बेन एडर – मोनाको – १५ गोल (३० अंक)

२०. आद्रेज क्रामारिक – होफेनहाइम – १४ गोल (२८ अंक)


