जन्मियो तीन लिङ्ग भएको बच्चा, संसारमै पहिलो पटक यस्तो भएको दाबी !

सायद मानव इतिहासमा नै यो पहिलो पटक भएको हुनुपर्छ कि जब एक बच्चा तीन लिङ्गका साथ जन्म लियो। वास्तवमा इराकको मोसुल भन्ने शहरमा एउटा अनौठो शारीरिक विकृति भएको बच्चाको जन्म भएको छ जुन देखेर डाक्टरहरू पनि छक्क परेका छन्। चिकित्सा भाषामा यसलाई त्रिफिलिया भनिन्छ रस यो घटना संसारमै पहिलो पटक रिपोर्ट गरिएको केस हो।

इन्टरनेशनल जर्नल अफ सर्जरी केस रिपोर्टमा प्रकाशित अध्ययनमा यो प्रतिवेदन लेखेका डा. शाकिर सलीम जाबलीका अनुसार तीन लिङ्ग भएको बच्चा जन्मेको यो संसारमै पहिलो पटक हो। प्रतिवेदनका अनुसार यस बच्चाको परिवारमा यस्तो कुनै पनि प्रकारको आनुवंशिक पतनको कुनै इतिहास छैन। यस्तोमा, यो विश्वास गरिएको छ कि गर्भमा हुँदा बच्चा औषधिका साथ सहि तरिकाले सम्पर्कमा आउन सकेन।

जब उक्त बच्चा तीन महिनाको थियो, उनका आमा-बुबाले उनलाई अन्डकोष सुन्निने समस्या रहेको भन्दै डाक्टरकोमा लिएर गए। बच्चालाई जाँच गर्न क्रममा पत्ता लाग्यो कि बच्चाको एक नभएर तीन लिङ्ग छन्। यस बच्चाको मुख्य लिङ्गसँग जोडिएको एक अर्को लिङ्ग थियो जुन २ सेमीको थियो र त्यसको तल पट्टि १ सेमीको अर्को लिङ्ग थियो।

 

सब भन्दा आश्चर्यजनक कुरा यो थियो कि तीन लिङ्गहरु मध्ये, केवल मुख्य लिङ्गले मात्र ठिकसँग काम गरिरहेको थियो, अन्य दुई लिङ्गमा कुनै मूत्रमार्ग थिएन। यस्तोमा, अन्य दुई लिङ्ग हुँदै मुत्र बाहिर आउन सक्दैनथ्यो।

प्रकाशित : सोमबार, चैत २३, २०७७१८:३९

आखिर महिलाको शर्टमा टाँक किन देब्रेतर्फ हुन्छ त ? जान्नुहोस्