अमिताभ देखि अक्षयसम्म, यी बलिउड स्टारसँग अनुहार मिल्ने व्यक्तिहरु देखेर छक्क पर्नुहुनेछ !

एजेन्सी – भन्ने गरिन्छ कि – उस्तै अनुहार भएका सात व्यक्ति सम्म पृथ्वीमा हुन्छन्। कहिले काहिँ यो भनाई हामी हकिकतमै मिलेको पनि पाउँछौँ। उस्तै अनुहार भएकै कयौं व्यक्ति वास्तविकतामै हामी देख्न पाउँछौँ।

चर्चित कलाकार तथा हस्तीहरु जस्तै अनुहार भएका व्यक्तिहरु पनि समय-समयमा चर्चामा आउने गरेको पाइन्छ। आज हामी यहाँ बलिउड कलाकारसँग अनुहार मिल्ने केहि व्यक्तिहरु बारे चर्चा छौँ।

को कलाकारको अनुहार कोसँग मिल्छ ? हेर्नुहोस्

अमिताभ बच्चन

अमिताभ बच्चन यस्तो नाम हो, जसको अनुहार मात्र नभई मानिसहरु आवाज पनि चिन्छन्। भारतीय चलचित्र क्षेत्रमा ४ दशक भन्दा बढी समय राज गरिसकेका अमिताभ बच्चनसँग अनुहार मिल्ने कयौं व्यक्ति चर्चामा आइसकेका छन्। त्यसमध्ये आन्ध्र प्रदेशका गोपी अलि बढी नै चर्चित छन्। उनलाई “आन्ध्र अमिताभ” भनेर पनि चिनिन्छ।

सैफ अली खान

बलिउड इंडस्ट्रीका प्रसिद्ध तथा दिग्गज अभिनेता सैफ अली खानको जस्तै देखिने एक व्यक्ति पनि चर्चामा आइसकेका छन्। केहि समय अगाडी सैफसँग अनुहार मिल्ने पेट्रोल पम्प कर्मचारी भाइरल भएका थिए। उनी ठ्याक्कै सैफ जस्तै छन्।

जोन अब्राहम

बलिउड उद्योगका प्रसिद्ध अभिनेता जोन अब्राहमसँग अनुहार मिल्ने व्यक्तिको नाम मुबाशीर मलिक हो। उनको अनुहार जोन अब्राहमसँग यति मिल्दोजुल्दो छ कि, दुवैलाई एकै ठाउँमा राख्ने हो भने चिन्न हम्मे-हम्मे पर्छ।

रणबीर कपूर

रणबीर कपूरसँग अनुहार मिल्ने व्यक्ति जुनैद शाह हुन्। जुनैद शाह रणबीरसँग धेरै मिल्दो-जुल्दो छ। तर, शाहको निधन भइसकेको छ।

ऋतिक रोशन

अभिनेता हरमन बवेजा र ऋतिक रोशन उस्तै-उस्तै देखिन्छन्। बवेजाको अनुहार ऋतिकसँग ठ्याक्कै मिल्छ। बवेजाले पनि चलचित्रमा काम गरिसकेका छन्। उनले “लव स्टोरी २०५०”मा काम गरेका थिए।

अक्षय कुमार

काश्मिरका निवासी एक व्यक्तिको अनुहार अक्षय कुमारसँग मिल्छ। उनको नाम माजिद मीर हो। केहि समय अगाडी उनको तस्विर सामाजिक संजालमा धेरै नै भाइरल भएको थियो।

प्रकाशित : सोमबार, चैत २३, २०७७१३:१४

नयाँ प्रेमिकासँग घर पुग्दा डेनीलाई लागेको थियो झड्का, परवीन बबीको हर्कतले उडेको थियो होश !