नयाँ प्रेमिकासँग घर पुग्दा डेनीलाई लागेको थियो झड्का, परवीन बबीको हर्कतले उडेको थियो होश !

एजेन्सी – सन् १९७०-८०को दशकमा परवीन बबी बलिउडमा अत्याधिक सफल थिइन्। त्यतिबेला परवीनको बलिउडमा यति धेरै माग थियो कि उनलाई भ्याई-नभ्याई थियो। सन् १९७६ देखि १९८० सम्म उनी बलिउडकै महँगी नायिकाको रुपमा थिइन्।

विशेष गरेर परवीन विभिन्न नायक, कलाकार तथा निर्देशक-निर्मातासँगको सम्बन्धका कारण चर्चामा रहिन्। उनको नाम चर्चित निर्देशक महेश भट्ट, कबीर बेदीका साथ-साथै अभिनेता डेनी डेन्जोङ्पासँगमा जोडियो।

बलिउडमा एक उत्कृष्ट खलनायकको रुपमा राम्रो पहिचान बनाउन सफल डेनी र परवीन बीचको सम्बन्ध करिब ४ वर्ष चलेको बताउने गरिन्छ। डेनीले परवीनसँगको सम्बन्ध बारे एक साक्षात्कारका क्रममा खुलेरै कुरा गरेका थिए। विभिन्न कारणले गर्दा ४ वर्षको प्रेम सम्बन्ध टुटेपनि परवीनसँग साथीको रुपमा राम्रो सम्बन्ध रहेको डेनीले बताएका थिए।

उक्त साक्षात्कारका क्रममा डेनीले उनी र परवीन बीचको सम्बन्ध टुटेको पछि घटेको एक घटना पनि सुनाएका थिए। घटना के थियो भने परवीनसँग ब्रेकअप भएपछि डेनीले अर्की प्रेमिका बनाएका थिए।

एक दिन आफ्नी नयाँ प्रेमिका लिएर डेनी आफ्नो घर पुगेका थिए। घर पुग्दा उनको होस् नै उड्यो। उनको बेडरुममा परवीन थिइन्। ब्रेकअप भइसकेपछि पनि परवीन डेनीको घर पुगेर भिसीआरमा चलचित्र हेर्दै थिइन्। परवीनको यस्तो हर्कतले डेनी अचम्मित भएका थिए। परवीनको हर्कत बारे उनले चर्चित निर्देशक महेश भट्टलाई पनि जानकारी गराएका थिए।

सिजोफ्रेनियाबाट थिइन् ग्रस्त

परवीन बबी सिजोफ्रेनिया नामक मानसिक बिमारीबाट ग्रस्त थिइन्। धेरै उपचार गराउँदा पनि उनी निको भएकी थिइन्। निर्देशक महेश भट्टले परवीनलाई निको बनाउन गरेका धेरै प्रयास खेर गएका थिए। सन् २००५मा परवीनको ५६ वर्षको उमेरमा निधन भएको थियो। उनको निधन अझै पनि रहस्यमय छ।

प्रकाशित : सोमबार, चैत २३, २०७७१४:५६

प्रियंका र आयुष्मानको यस्तो चमत्कार !