प्रियंका र आयुष्मानको यस्तो चमत्कार !

नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्कीले केहि दिन अगाडी आफू गर्भवती रहेको बताएकी थिइन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसको पुष्टि गरेकी हुन्। पछिल्ला केहि समयदेखि उनी गर्भवती रहेको हल्ला चल्न थालेको थियो तर स्वयम् प्रियंकाले भने शुक्रबार मात्र यसको पुष्टि गरेकी हुन्।

उनले इन्स्टाग्राममा आफ्नो र पती आयुष्मान देशराज जोशीको फोटो साझा गर्दै आफ्ना शुभ चिन्तकलाई यसको बारेमा जानकारी दिएकी हुन्। आफ्नो बेबी बम्प देखाउँदै आयुष्मानको अँगालोमा रहेको फोटो हाल्दै उनले क्यप्शनमा लेखेकी थिइन्,”अब तपाईंहरु हामीलाई प्रश्न गर्न बन्द गर्नुहोस्, हो, म गर्भवती छु।”

उनी गर्भवती भएको मा निकै उत्साहित देखिन्छिन्। इन्स्टाग्राममा धेरै सक्रिय रहने प्रियंका आफू गर्भवती भएपछि झनै सक्रिय भएकी छिन्। उनले दैनिक जसो केहि न केहि प्यारा-प्यारा पोस्ट साझा गरिरहेकी हुन्छिन्। यस्तोमा उनले आज पनि एक पोस्ट गर्दै आफ्नो बच्चालाई चमत्कार भएको बताएकी छिन्। इस्टाग्राममा आफ्नो र आफ्ना पती आयुष्मान साथै रहेको निकै प्यारो फोटो हाल्दै उनले लेखिन्,”हाम्रो सानो चमत्कार।”

प्रकाशित : सोमबार, चैत २३, २०७७१७:०९

सन्तान जन्माएपछि भयो सम्बन्ध विच्छेद, सन्तानको रेखदेखमै जीवन बिताउने गरे फैसला !