सन्तान जन्माएपछि भयो सम्बन्ध विच्छेद, सन्तानको रेखदेखमै जीवन बिताउने गरे फैसला !

एजेन्सी – बलिउडमा कयौं जोडी वर्षौं देखि सँगै छन्। जे भए पनि उनीहरुले आफ्नो सम्बन्ध बलियो बनाउँदै जीवन बिताइरहेका छन्। तर त्यहिँ बलिउडमा केहि यस्ता जोडी पनि छन्, जसले आफ्नो सम्बन्ध धेरै समय टिकाउन नसकेर सम्बन्ध विच्छेद गरेका छन्।

त्यसमध्ये केहिले दोस्रो विवाह मात्र नभई तेस्रो सम्म विवाह गरेको पनि पाइन्छ। यधपी केहि कलाकारको हकमा भने त्यस्तो पाइन्न। पहिलो विवाह नटिकेपछि अर्को विवाह नगर्ने धेरै कलाकार बलिउडमा छन्। जसमध्ये केहि अभिनेत्रीहरुको चर्चा निम्न छ।

अमृता सिंह

 

यस सूचीमा पहिलो नाम अभिनेत्री अमृता सिंहको छ। अमृता अहिले फिल्महरूमा कमै देखिन्छिन्। तर उनी आफ्नो समयकी एकदमै हिट अभिनेत्री थिइन्। उनको र सैफ अली खानको प्रेम कहानी एकदम रोचक छ। उमेरमा सिफ अमृता भन्दा १३ वर्षले कान्छा छन्। सन् १९९१ मा अमृता र सैफको विवाह भएको थियो। उनीहरुको विवाह धेरै समय टिकेन। सन् २००४ मा सम्बन्ध विच्छेद भयो। सम्बन्द विच्छेद पश्चात सैफले दोस्रो विवाह गरेपनि अमृताले अर्को विवाह गरिनन्।

करिश्मा कपूर

सफल बलिउड करियर पास्चर नायिका करिश्माले सन् २००३ मा संजय कपूरसँग विवाह गरेकी थिइन्। धूमधामका साथ गरिएको उनको विवाह १३ वर्ष भन्दा बढी टिकेन, सन् २०१६ मा सम्वन्ध विच्छेद भयो। संजयले अर्को विवाह गरेपनि करिश्माले अर्को विवाह गरिनन्। अहिले उनी आफ्ना दुई सन्तानको रेखदेख गरिरहेकी छन्।

महिमा चौधरी

महिमा चौधरी लामो समयदेखि लाइमलाइटबाट टाढा छिन्। सन् २००६ मा आर्किटेक्ट बोबी मुखर्जीसँग महिमाको विवाह भएको थियो। विवाह पछि उनको एक छोरा भएको थियो। सन् २०१३ मा उनको सम्बन्ध विच्छेद भयो। त्यसयता महिमा एक्लै छिन्।

चित्रांगदा सिंह

चित्रांगदाको विवाह सन् २००१मा भारतीय गोल्फर ज्योति रंधावासँग भएको थियो। पाँच वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए। तर, सन् २०१४ मा चित्रांगदा र ज्योति बीच सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेद पश्चात चित्रांगदाले दोस्रो विवाह गरिनन्।

प्रकाशित : सोमबार, चैत २३, २०७७१८:०२

प्रियंकाका अलावा यी बलिउड स्टारले पनि गरिसकेका छन् हलिउड चलचित्रमा काम !