हालान्डको बार्सिलोनालाई तर्साउने प्रस्ताव, मेस्सी बार्सिलोनामै रहनु पर्ने माग !

एर्लिंग हालान्डका एजेन्ट मिनो राएओलाले डर्टमण्ड सुपरस्टारको ट्रान्सफरको लागि आफूले पनि २० मिलियन माग गरेका छन्। विन्डो सुरु हुनु अघि नै गत साता ट्रान्सफर मात्र हालान्डका प्रतिनिधिहरूले बार्सिलोनाका अधिकारीहरूसँग ट्रान्सफरको बारेमा छलफल गरेका थिए।

हालान्डका बुबा एल्फी, राएओलाले बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टासँग सम्भावित ट्रान्सफरको बारेमा छलफल गरेका थिए। जसपछि एल्फी र राएओलाले रियल म्याड्रिडसँग पनि छलफल गरेको बताइन्छ।

यस्तोमा, अहिले २० वर्षीय डर्टमण्ड स्टारको ट्रान्सफरका लागि बार्सिलोना समक्ष उनीहरुले आफ्नो माग राखेका छन्। यसैबीच, स्पेनिस पत्रकार जेरार्ड रोमेरोका अनुसार बार्सिलोनाले राएओला र एल्फीलाई मात्र २०-२० मिलियन तिर्नु पर्नेछ। त्यस्तै, उनीहरुले क्लबमा हालान्डको पारिश्रमिक पनि ३० मिलियन प्रति वर्ष हुनु पर्ने माग गरेका हुन्।

यसका साथै बार्सिलोनाका कप्तान अर्को सिजन बार्सिलोना मै रहनु पर्ने पनि उनीहरुको माग मध्ये एक रहेको छ। मेस्सीको भविष्य गत सिजन देखि नै चर्चाको विषय बनेको छ। यी सबै माग खेलाडीको ट्रान्सफर फी बाहेक रहेको छ।

३३ वर्षीय मेस्सीको क्लबसँगको सम्झौता सिजनको अन्तिमबाट अन्त्य हुँदैछ। अर्जेन्टिनी कप्तानले अहिले सम्म आआफ्नो भविष्यको बारेमा निर्णय भने लिइसकेका छैनन्।

प्रकाशित : सोमबार, चैत २३, २०७७१४:५३

ब्यालुन डी ओर २०२१ पावर र्यान्किंग: रोनाल्डो आठौँ, मेस्सी तेस्रो, को-को छन् टप १० मा ?