एथलेटिकोको हारको फाइदा उठाउने दाउमा बार्सिलोना, आज भालाडोलिडसँग भिड्दै !

स्पेनिस ललिगामा आज राति महत्वपूर्ण खेल हुँदैन। नेपाली समय अनुसार राति १२:४५ मा हुने खेलमा तेस्रो स्थानमा रहेको बार्सिलोनाले रियल भालाडोलिडको सामना गर्दैछ। घरेलु मैदान क्याम्प नाउमा हुने खेलमा १६ औं स्थानमा रहेको भालाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिडसँगको अंक दूरी एकमा झार्न चाहन्छ।

एथलेटिको म्याड्रिड हिजो भएको खेलमा सेभिल्लासँग १-० ले पराजित भएसँगै बार्सिलोना र रियल म्याड्रिडलाई फाइदा भएको हो। २९ खेल खेलेको एथलेटिको ६६ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिडले अनि समान खेल खेल्दै ६३ अंकका साथ दोस्रो स्थानमा रहेको छ। एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ।

अप्रिल १० मा रियल म्याड्रिडसँग खेल्ने बार्सिलोनालाई उपाधि यात्रामा कायम रहन आजको खेल जित्नै पर्ने दबाब रहेको छ। निकै रोमान्चक बन्दै गएको उपाधि होडमा रहन अब सबै टोलीलाई सबै खेल जित्नै पर्ने देखिन्छ। सिजनको अन्तिम १० खेल बाँकी रहँदा एथलेटिको म्याड्रिड, रियल म्याड्रिड र बार्सिलोना तीन क्लब अझै उपाधि होडमा रहेका छन् भने चौंथो स्थानमा रहेको सेभिल्लाको पनि झिनो अवसर रहेको छ।

प्रकाशित : सोमबार, चैत २३, २०७७१८:२९

“नेइमार र रोनाल्डिन्होसँग बेस्ट बन्ने सबै गुण थियो तर उनीहरु नै बेस्ट बन्न चाहेनन्”