चोरी गर्न मानिसले प्रायः वृद्ध मानिसहरूलाई आफ्नो लक्ष्य बनाउँछन्। किनभने उनीहरुलाई लाग्छ होला कि वृद्ध हुन् के नै गर्न सक्छन् र। तर कहिलेकहीं परिस्थिति त्यस्तो नहुन पनि सक्छ। अमेरिकाको एटालान्टामा एक एस्तो घटना भयो जसपछि साय उक्त चोरले जिन्दगीमा पनि चोरी गर्दिन भन्यो होला। यहाँ एक चोरले ८२ वर्षीय वृद्ध माथि हमला गरे। चोरले वृद्ध मानिसको कार चोरी गर्ने मनसायले उनी माथि आक्रमण गरेको थियो। तर उक्त वृद्धले चोरको यस्तो राम धुलाई गरेकी सायद चोरले आफ्नो बाउको बिहे देख्यो।
इन्डिया टाइम्सका अनुसार एटलान्टा पुलिसले यसको एक भिडियो साझा गरेको छ। उक्त भिडियोमा एक युवक ग्यास स्टेशनमा चोरी गर्नको लागि बसेको देख्न सकिन्छ। कहि समयपछि उक्त चोर एक वृद्धको कार नजिकै जान्छ। पहिले उनले वृद्ध मानिससँग चाबी मागेको जास्तो देखिन्छ तर अन्त्यमा उनले गाडीको चाबी लिएर भाग्ने प्रयास गर्छ तब ८२ वर्षीय वृद्ध मानिसले आफ्नो असली बल देखाउँछन्।
भाग्ने प्रयास गर्दै गरेको चोरलाई वृद्धले पछाडीबाट झम्टेर भुइँमा नमज्जाले पछार्न सफल हुन्छन्। तर उक्त चोर एक पटक फेरी उठेर कारसम्म पुग्छ तर कारको चाबी वृद्ध मानिससँग हुन्छ र चोर त्यहाँबात भाग्न बाध्य हुन्छ। यो भिडियो देखेर सबैले यो बुझ्न जरूरी छ कि जस्तो सुकै परिस्थिति होस् तर हामी आत्तिनु हुँदैन र हिम्मतका साथ काम गर्नु पर्छ। अहिले यो भिडियो सबैतिर खुब भाइरल भइरहेको छ।