धनलक्ष्मीलाई प्रशन्न पार्न गर्नुहोस् यस्ता सरल उपाय, हुनेछ धनको वर्षा !

माता लक्ष्मीको कुल ८ अवतार हुन्छन्: वैकुंठमा बास गर्ने महालक्ष्मी, स्वर्गमा बास गर्ने स्वर्गालक्ष्मी, गोधामा बास गर्ने राधाजी, यज्ञमा बास गर्ने दक्षिणा, गृहलक्ष्मी, जो गृहमा बास गर्छन्। शोभा, जो हरेक वस्तुमा बास गर्छिन्। गोलोकमा बास गर्ने सुरभि (रुक्मिणी), र पाताल र भुलोकमा बास गर्ने राजलक्ष्मी (सीता)।

अष्टलक्ष्मी माता लक्ष्मीका आठ विशेष रूपलाई भनिन्छ। माता लक्ष्मीका ८ रूपहरू हुन् – आदिलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी विरलक्ष्मी, विजयालक्ष्मी, विद्यालक्ष्मी। जानुहोस् माता लक्ष्मीको एक स्वरूप धनलक्ष्मी को हुन् र उहाँलाई प्रशन्न पार्न के-कस्ता उपाय गर्नु पर्छ….

धनलक्ष्मी 

धनलक्ष्मीका रूपमा माता लक्ष्मीले आफ्ना भक्तहरूको आर्थिक समस्या र गरीबीलाई नष्ट गर्छिन् र धन सम्पत्तीले भरिपूर्ण पार्छिन्। धनलक्ष्मीको कृपाले व्यर्थ खर्च, ऋण तथा सबै आर्थिक समस्याबाट छुटकारा पाउन सकिन्छ।  भनिन्छ कि भगवान विष्णुले एक पटक कुबेरसँग धन उधारो लिएका थिए जुन उनले समयमै तिर्न सकेनन्, त्यसपछि लक्ष्मीजीले विष्णुजीलाई ऋण मुक्त गरेकी थिइन्।

माता लक्ष्मीको देवराज इंद्र र कुबेरसँग घनिष्ठ सम्बन्ध रहेको छ। इन्द्र देवताहरू र स्वर्गका राजा हुन् र कुबेरले देवताहरूको भण्डारको रक्षा गर्ने गर्छन्। देवी लक्ष्मी कमलावनमा बस्छिन्, कमलमा बस्छिन् र उनको हातमा कमल धारण गर्छिन्।

धनलक्ष्मीलाई प्रशन्न पार्नको लागि मन्त्र: ॐ धनलक्ष्म्यै नम: 

धन प्राप्तिका लागि साँझको समयमा धनलक्ष्मीको मन्दिरमा धूप बालेर आरती गर्नुपर्छ। यसो गर्नाले तपाईंले सधैं माता लक्ष्मीको कृपा प्राप्त गर्नुहुनेछ। बेलुकाको समयमा तुलसीको मोठमा पनि बत्ती बाल्नुपर्छ। साँझमा घरमा शान्त वातावरण राख्नुहोस्।

धनलक्ष्मीको तस्बीर 

माता लक्ष्मीको त्यो तस्बीर जसमा लक्ष्मी माताको एक पट्टि श्री गणेश र अर्को पट्टि माता सरस्वती हुन्छिन् र लक्ष्मी माताको दुबै हातबाट धन वर्षीएको हुन्छ, उक्त तस्बीर धन प्राप्तिका लागि अत्यन्त शुभ हुन्छ। घरमा माता लक्ष्मीको यस्तो तस्बीर राख्नाले धन प्राप्ति हुने विश्वास रहिआएको छ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१८:५३

जन्मजात नै क्रियटिभ हुन्छन् यी ४ राशि हुनेहरु