विश्वभर पछिल्लो १ वर्ष भन्दा धेरै समयबाट कोभिड-१९ भाइरसको त्रास फैलीरहेको छ। र यस परिकल्पनालाई प्रमाणित गर्न कुनै वास्तविक तथ्य नभएता पनि थुप्रै मानिसहरु कोरोना भाइरसको महामारी मानव निर्मित भाइरसको परिणाम हो भन्ने विश्वास गर्छन्। कोरोना भाइरसको मामिलामा यो नहुन सक्छ। यस्तोमा, आज हामी केहि घातक भाइरसहरू र ब्याक्टेरियाहरूमा बताउँछौं जुन वास्तवमा प्रयोगशालामा मानव निर्मित थिए।
हर्सपक्स
अल्बर्टाका केहि वैज्ञानिकहरूले स्मलपक्सका बिरामीलाई नयाँ खोप बनाउने प्रयासमा हर्सपक्स पुनः निर्माण गर्न यसका सबै प्रकारका डीएनए किन्ने निर्णय गरे। तर यसले एक डर निम्त्यायो कि सायद यो ज्ञान आतंककारीहरुले नयाँ स्मलपक्स भाइरस तयार गर्नको लागि प्रयोग पनि गर्न सक्छन्। त्यसपछि, ती वैज्ञानिकहरूले स्मलपक्सको खोप प्रयोगमा नाल्याउने निर्णयमा पुगे, अन्यथा त्यसको नतिजा भयानक हुन सक्थ्यो।
पोलियो
विज्ञानको लागि अर्को डरलाग्दो क्षण, न्यु योर्कका वैज्ञानिकहरूले हर्सपक्सको जस्तै काम गरे तर पोलियो डीएनए टुक्राहरू उनीहरूले मेल मार्फत अर्डर गरे। यी डाटाबेसबाट उपलब्ध टुक्राहरू थिए जुन प्रायः सबैको पहुँचमा थियो। र यसको आनुवंशिक कोड मात्र लगभग ७७०० अक्षरको मात्र भएकोले यो कृत्रिम रूपमा पुन: निर्माण गर्न धेरै सजिलो छ।
सार्स २.०
एक विज्ञान प्रयोगमा, उत्तरी क्यारोलिनाका अनुसन्धानकर्ताहरूको टोलीले सार्स भाइरसलाई प्रोटिन थपेर बलियो बनाए जसले गर्दा यसलाई हालका खोपहरू र उपचारहरू प्रति प्रतिरोधी बनाउँछ। यो प्राकृतिक उत्परिवर्तनको लागि तयार गर्न र नयाँ उपचारहरूमा आवश्यक परेको खण्डक लागि तयार गरिएको थियो, तर यसले एम्प्ड-अप सार्स भाइरस प्रयोगशालाबाट उम्कने र एक महामारीको रुप लिने समेत खतरा रहेको छ।