बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गयारती भएको रियल भालाडोलिड विरुद्धको खेलमा म्याच रेफ्रीले आफूलाई पहेंलो कार्ड देखाउन चाहेको दाबी गरेका छन्। उसमान डेम्बेलेले ९० औं मिनेटमा गरेको गोलको मद्दतले बार्सिलोनाले उक्त खेलमा जीत हात पार्दै लिग लिडर एथलेटिको म्याड्रिडसँगको अंक दूरी एकमा झार्न सफल भयो।
तर मेस्सी भने खेलमा म्याच रेफ्रीको प्रदर्शनबाट खुसी थिएनन् जसको कारण उनले हाफ टाइममा आफ्नो असन्तुष्टि व्यक्त गरे। स्पेनीस अखबार डाएरियो एएसका अनुसार ३३ वर्षीय अर्जेन्टिनी सुपरस्टारले साहसका साथ लाट्रेले ‘मलाई कार्ड दिन चाहन्छन् … अविश्वसनीय।’ भनेका थिए।
https://twitter.com/i/status/1379164632787587074
मेस्सीको दाबी गरे अनुसार उनलाई बार्सिलोनाको महत्त्वपूर्ण एल क्लासिकोमा रियल म्याड्रिड विरुद्धको खेलमा निलम्बन गर्न जानाजानी प्रयास भएको देखाउँछ। लिगमा अहिलेसम्म ४ पटक पहेंलो कार्ड पाएका मेस्सीले हिजोको खेलमा पहेंलो कार्ड पाएको खण्डमा उनी अर्को हप्ता हुने रियल म्याड्रिड विरुद्धको खेलमा निलम्बित हुने पक्का थियो। तर अर्को खेलका लागि भने उनी योग्य हुनेछन्।
बार्सिलोनाको भालाडोलिड माथि निकै महत्वपूर्ण जीतले क्लब ललिगा उपाधि दौडमा जीवितै रहेको छ। क्याटालान क्लब यस जीतसँगै ६५ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ। रियल म्याड्रिड ६३ अंकका साथ तेस्रो स्थानमा रहेको छ।