च्याम्पियन्स लिगमा आज राति दुई खेल हुँदै, सिटी र डर्टमण्ड तथा रियल र लिभरपुल भिड्दै !

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राती अन्तिम ८ का दुई महत्वपूर्ण खेल हुँदैछन्। नेपली समय अनुसार राति १२:४५ बाट सुरु हुने खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इंगलिस च्याम्पियन लिभरपुल तथा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी र जर्मन क्लब बोरुसिया डर्टमण्ड बीच भिडन्त हुँदैछ।

अन्तिम १६ का खेलमा रियल म्याड्रिडले इटालियन क्लब एटालान्टालाई हराउँदै क्वाटर फाइनलको यात्रा तय गरेको थियो भने लिभरपुलले जर्मन क्लब आरबी लाइपजिंगलाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो। २०१८ मा फाइनल खेलेका यी दुई टोली बीचको खेल रियल म्याड्रिडको घरेलु मैदान अल्फ्रेडो डी स्टेफेनो मैदानमा हुनेछ। पछिल्लो भेटमा लिभरपुललाई ३-१ ले हराउँदै रियलले लगातार तेस्रो पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। आज खेलमा दुबै टोली जित निकाल्दै सेमी-फाइनलमा एक स्टेप राख्न चाहन्छन्।

त्यस्तै, आजै हुने अर्को खेलमा म्यानचेस्टर सिटी र बोरुसिया डर्टमण्ड एक-अर्काको सामना गर्दै छन्। म्यानचेस्टर सिटीले अघिल्लो चरणमा जर्मन क्लब बोरुसिया मोन्चेन्ग्लाद्बलाई पराजित गरेको थियो भने डर्टमण्डले स्पेनिस क्लब सेभिल्ला माथि रोमान्चक जीत हात पर्दै क्वाटर फाइनलको टिकट काटेको थियो। सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा हुने खेलमा सबैको नजर डर्टमण्ड स्टार एर्लिंग हालान्ड माथि हुनेछ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१८:००

एम्बाप्पे र हालान्ड भित्राउन यी ६ महत्वपूर्ण खेलाडी बेच्ने दाउमा रियल म्याड्रिड !