एम्बाप्पे र हालान्ड भित्राउन यी ६ महत्वपूर्ण खेलाडी बेच्ने दाउमा रियल म्याड्रिड !

स्पेनिस क्लब रियल म्याड्रिडले आउने समर ट्रान्सफर विन्डोमा पीएसजी स्टार किलियन एम्बाप्पे र डर्टमण्ड स्टार एर्लिंग हालान्ड दुवै अनुबन्ध गर्ने दाउमा आफ्ना ६ स्टार बिक्रिको सूचीमा राखेको छ। स्पेनिस च्याम्पियनलाई पहिलेबाट नै सुपरस्टार अनुबन्ध गर्ने क्लबको रुपमा हेरिन्छ।

तर २०१९ मा एडेन हाजार्डलाई क्लबमा भित्र्याएको रियल त्यस पश्चात ट्रान्सफर मार्केटमा शून्य रहेको थियो। त्यसैले पनि लस ब्ल्यान्कोसले आउने ट्रान्सफर विन्डोमा एक वा दुई सुपरस्टार अनुबन्ध गर्ने बुझिएको छ। र ट्रान्सफर सूचीको सबैभन्दा माथि नाम रहेको छ किलियन एम्बाप्पे र एर्लिंग हालान्ड। तर यी दुई युवा स्टारलाई भित्र्याउन रियललाई त्यति सजिलो भने हुने छैन।

यस्तोमा, मुन्दो डिपोर्टिभोका अनुसार १३ पटकको च्याम्पियन्स लिग विजेताले एम्बाप्पे र हालान्ड किन्नको लागि हाल क्लबमा रहेका ६ स्टार बेच्ने तयारीमा जुटेको छ।

 

यस सूचीमा सबैभन्दा ठूला दुई नाम रहेको छ: एडेन हाजार्ड र ग्यारेथ बेल। रियलमा आए देखि चोटका कारण धेरै समय मैदान बाहिर बिताएका हाजार्डबाट छुटकारा पाउने दाउमा रहेको रियल हाल टोटनह्यामसँग लोनमा रहेका बेललाई पनि बेच्न चाहन्छ।

त्यस्तै, अरु ४ खेलाडी जो रियलको बिक्री सूचीमा रहेका छन्: सर्जियो रामोस, राफाएल भारान , इस्को र मार्सेलो रहेका छन्। यति धेरै स्थापित खेलाडीहरू बेच्दा निश्चित रूपमा क्लबमा खेलाडीको पारिश्रमिक निकै कम हुनेछ। तर यो क्रममा क्लबले तीन महत्वपूर्ण डिफेन्डर पनि गुमाउने छ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१८:३३

जब रोनाल्डोको करियरकै बेस्ट गोल आफ्नै टिममेटबाट खोसियो [भिडियो सहित]