जब रोनाल्डोको करियरकै बेस्ट गोल आफ्नै टिममेटबाट खोसियो [भिडियो सहित]

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरमा अगन्य महत्वपूर्ण गोल गरेका छन्। उनी फुटबल इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनका यी गोलहरु मध्ये पनि थुप्रै यस्ता गोल छन् जुन निकै उत्कृष्ट थिए, जस्तै: युभेन्टस विरुद्धको ओभर-हेड गोल, म्यानचेस्टरका लागि प्रसिद्ध फ्री-किक गोल, पहिलो पुस्कास अवार्ड जित्ने गोल, युनाइटेड विरुद्ध हेडर गोल, युभेका लागि प्रख्यात हेडर गोल, आदि।

सन्दर्भ २०१० को हो जब पोर्चुगलका कप्तान रोनाल्डो सायद आफ्नो करियरकै उत्कृष्ट गोल गर्न एक इन्च टाढा थिए यदि उनको गोल आफ्नै टिममेट नानीले नाखोसेको भए। २०१० मा स्पेन विरुद्ध रोमान्चक खेलमा रोनाल्डोले मिडफिल्डबाट बल रिसिभ गर्दै स्पेनका डिफेन्डर जेरार्ड पिके र मिडफिल्डर जाभी अलोंग्सोलाई उत्कृष्ट कला देखाउँदै छक्याउन सफल भए र गोलकिपर इकार क्यासिलासको पहुँच भन्दा माथिबाट बल चिप गर्दै गोलको दिशा दिए।

तर उनको उक्त उत्कृष्ट प्रयास गोलमा परिणत हुँदै गर्दा रोनाल्डोका टिममेट नानीले उक्त बललाई टच गर्दै बल गोलपोस्ट भित्र पुर्याए। तर रेफ्रीले नानीलाई अफ-साइड रहेको बताउँदै उक्त गोललाई मान्यता दिएनन्।

रोनाल्डोले बललाई गोलको दिशा दिने बित्तिकै गोल सेलिब्रेसन गर्न सुरु गरेका थिए तर जब गोल मान्य भएन रोनाल्डोको रिस देख्न लायक थियो। उनी निकै रिसमा रहेको प्रष्ट देख्न सकिन्थ्यो। उनले रिसमा आफ्नो कप्तानको आर्मब्याण्ड समेत भुइँमा फ्याँकिदिए।

पछि यसबारे बोल्दै नानीले आफू अफ-साइड नभएको सोचेर आफूले बल टच गरेको बताएका थिए। तर रोनाल्डोको लक्ष्य कहिल्यै व्यक्तिगत गोल भने थिएन। अहिले उनले अन्तराष्ट्रिय स्तरमा १०३ गोल गरोसकेका छन्। तर सायद उनको करियरकै सबैभन्दा उत्कृष्ट गोल भने खोसियो।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१८:४२

मेस्सी भन्दा आफू उत्कृष्ट भनेर रोनाल्डोले हरेक पटक प्रमाणित गरिसके: ओजिल