खल्तीमा यस्ता चीज राख्नाले हुन्छ अधिक खर्च, निम्त्याउँछ आर्थिक संकट !

प्रत्येक व्यक्ति आफू आर्थिक रूपले समृद्ध हुन चाहन्छ। सबै मानिसको इच्छा हुन्छ कि उनको पर्स वा खल्ती सधैं पैसाले भरिएको होस्, तर सधैं समान रूपमा पैसा आउँछ भन्ने छैन। वास्तु शास्त्रका अनुसार पैसा राख्ने तरिकाले धेरै हदसम्म दर्शाउँछ कि पैसा टिक्छ कि टिक्दैन। धन तथा पैसाको रखरखावले आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्छ। यदि धनको रखरखाव राम्रो भएन भने आर्थिक संकटले सताउन थाल्छ।

वास्तु शास्त्रका अनुसार खल्ती वा पर्समा केहि चीज राख्नु अशुभ मानिन्छ, जसको कारण तपाईंको खर्च निकै बढ्छ। वास्तुका अनुसार के-कस्ता चीज खल्ती वा पर्समा राख्दा तपाईंको आम्दानी भन्दा खर्च बढी हुन्छ त ? थाहा पाउनुहोस्…..

धेरै व्यक्तिको पुरानो रसिद, बिलहरू आफ्नो साथमा राख्ने बानी हुन्छ। तर वास्तुका अनुसार यसो गर्नाले तपाईंको हातमा पैसा टिक्दैन र अधिक पैसा खर्च हुन्छ। वास्तवमा, पुराना कागजातहरुमा राहुको प्रभाव हुन्छ जसको कारण यी चीज आफ्नो साथमा राख्नाले धनको अधिक खर्च निम्त्याउँछ।

तपाईंले कहिल्यै पनि आफ्नो पर्स खराब अवस्थामा राख्नु हुँदैन। फाटेको पर्सले आर्थिक संकटलाई दर्शाउँछ। त्यसैले, यदि तपाईंको पर्स खराब अवस्थामा छ भने यसलाई तुरुन्त बदल्नुहोस्। धनलाई सधैं व्यवस्थित तरीकाले राख्नु पर्छ। वास्तुका अनुसार यदि तपाईंको घरमा सिक्क यता-उता जथाभावी छ भने यसले आर्थिक संकट निम्त्याउँछ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१८:४७

यी हुन् प्रयोगशालामा बनेका मानव निर्मित खतरनाक भाइरस/ब्याक्टेरिया, कोभिड- १९ पनि ?