हिन्दु धर्ममा विवाहित महिलाको खुट्टामा बिच्छी लागाउने चलन रहेको छ । हिन्दु धर्ममा खुट्टाको दोस्रो औँलामा बिच्छी लगाउने रीतिरिवाज रहेको छ। महिलाहरुले सुनको टीका र खुट्टामा बिच्छी लगाउनुको कारण आत्म कारक सूर्य र मन कारक चन्द्रमा दुवैको कृपा जीवनभर साथी बनिरहनु हो । यो कुरा तपाईलाई थाहा नै छ होला कि बिच्छी श्रीमानको गरीबीको कारण पनि हुन सक्छ।
बिच्छी लगाउनु विवाहित हुनुको प्रतीक मात्र नभई वैज्ञानिक तथ्य अनुसार यसलाई लगाउनाले महिलाको मासिक चक्र नियमित पनि हुन्छ । अविवाहित महिलाले बिच्छी लगाउनु हुदैन। ग्रामीण क्षेत्रमा यसको विशेष महत्त्व रहेको छ। बिच्छीलाई सधैँ दाहिने र देब्रे खुट्टाको दोस्रो औँलामा लगाईन्छ। यसले गर्भाशयलाई पनि नियन्त्रित गर्न मदत्त गर्छ। किनकी चाँदी एक राम्रो सुचालक हो र यसले पृथ्वीको ध्रुवीय ऊर्जालाई पनि ठीक गरेर शरीरसम्म पुर्याउँछ। तर यदि कुनै महिलाले सही तरिकाले बिच्छी लगाएकी छैनन् भने बिच्छी श्रीमानको गरिबीको कारण पनि हुन सक्छ।
हिन्दू महिलाहरु श्रृंगार गर्नलाई निकै मन पराउँछन्। निधारमा टिकादेखि खुट्टामा बिच्छी लगाउनु सबैको छुट्टै महत्त्व रहेको छ। महिलाले लगाउने बिच्छीको गर्भाशयमा गहिरो सम्बन्ध रहेको छ। बिहेपछि महिलाहरु बिच्छी लगाउछन्। थुप्रै मान्छेले यसलाई बिहेको प्रतीक चिन्ह र परम्परा मात्र मान्छन् तर यसको गर्भाशयमा वैज्ञानिक सम्बन्ध रहेको छ। खुट्टाको दोस्रो औँलामा एक विशेष नसा हुन्छ जुन सिधै गर्भाशयसँग जोडिएको हुन्छ जसले गर्भाशयलाई नियन्त्रित गर्छ र उच्च रक्तचापलाई पनि सन्तुलित गर्छ। बिच्छीको दबावको कारण रक्तचाप नियमित र नियन्त्रित हुन्छ।
बिच्छी लगाउनु श्रीमानको गरिबीको कारण पनि हुन सक्छ। ज्योतिष अनुसार बिच्छी लगाउनु सूर्य र चन्द्रमाको प्रतिक मानिन्छ। बिच्छी लगाउनाले सुर्य र चन्द्रमाको कृपा श्रीमान-श्रीमतीमा बनिरहन्छ। यस कुरालाई ख्याल राखेर बिच्छी सधैँ चाँदीको लगाईन्छ। कहिल्यै पनि सुनको बिच्छी नलगाउनुहोला। आफुले लगाउने बिच्छी कहिले पनि अरुलाई नदिनुहोला।