बढ्दै सुनको मूल्य, पछिल्लो ३६ दिन यताकै महँगो !

काठमाडौँ।  नेपाली बजारमा बुधबार सुनको मूल्य ३५ दिन यताकै सस्तो भएको छ।  सोमबारको तुलनामा मंगलबार ३सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य आज पनि ५ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापवाला सुनको मूल्य ८८ हजार कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ८७ हजार ४ सय रुपैंयाँ, सोमबार ८७ हजार २ सय रुपैंयाँ र मंगलबार ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले बढेको छ। मंगलबार ८७ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बुधबार ८७ हजार ५ सय ५० रुपैंयामा कारोबार भइरहेको छ। यस अगाडी तेजाबी सुन आइतबार ८६ हजार ९ सय ५० र सोमबार ८६ हजार ७ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

बुधबार कायम भएको सुनको मूल्य करिब ३६ दिन यताकै महँगो रहेको छ। फागुन १७ गते ८८ हजार ७ सयमा कारोबार भएयता सुनको मूल्य कुनै पनि दिन आजको विन्दुमा पुगेको थिएन।

यसअघि चैत्र महिनामा सुन सबैभन्दा महँगो हिजो मंगलबार ८७ हजार ५ सय रुपैयाँ र सबैभन्दा कम चैत्र १८ गते ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्यमा वृद्धि आएको छ।  मंगलबार १ हजार २ सय ३५ मा कारोबार भएको चाँदी आज बुधबार भने प्रति तोला १० रुपैयाँले बढेर १  हजार २ सय ४५ मा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, चैत २५, २०७७१०:५८

अपर सोलुले आइपिओ निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति !