कोहि कन्डक्टर त कोहि ट्याक्सी ड्राइभर, फिल्ममा आउनु अघि यी बलिउड स्टारले गरिसके यस्ता काम !

बलिउडमा यस्ता थुप्रै कलाकार छन् जसले फिल्म क्षेत्रमा प्रवेश गर्नु अघि अन्य काम गरिसकेका छन्।  तर कार्यक्षेत्रमा सोचे अनुरुप प्रगति गर्न नसकेपछि फिल्म क्षेत्रमा आएका यी कलाकार आज बलिउडका ठूला स्टार छन्।  अक्षय कुमारदेखि परिणीति चोप्रासम्म, यस्ता धेरै कलाकार छन् जसले आफ्नो कडा मेहनतको बलमा सफलताको शिकार चुमेका छन्।  आज हामी तपाईंलाई तपाईंका केहि मनपर्ने फिल्म स्टारहरुले फिल्ममा आउनु अघि के-कस्ता काम गरेका अत्हिये भने बताउँछौं…..

रजनीकान्त 

आजको समयमा फिल्मस्टार रजनीकान्त हरेक मानिसले चिन्ने नाम हो।  आफ्नो कडा मेहनतले सफलताको यो शिखरसम्म पुग्न सफल रजनीकान्तले कुली, बस कन्डक्टर र सिकर्मी जस्ता काम गरिसकेका छन्।

नवाजुद्दीन सिद्दीकी 

बलिउडका निकै प्रतिभाशाली कलाकारमा पर्छन् नवाजुद्दीन सिद्दीकी।  उनी दिल्ली आउनु अघि केमिस्टको पसलमा काम गर्थे। त्यस्तै, उनले चौकीदारको रूपमा पनि काम गरेका छन्।

आर माधवन 

दक्षिण फिल्म उद्योग सुपरस्टार आर माधवन अभिनय करियरमा प्रवेश गर्नु अघि पब्लिक स्पिकिंग तथा पर्सनालिटी डेभलपमेन्ट स्किल्स कोर्स गराउने गर्थे।

ज्याक्लिन फर्नान्डेज 

ज्याक्लिन फर्नान्डेज अहिलेको समयकी निकै व्यस्त र प्रख्यात बलिउड नायिका हुन्। फिल्ममा काम गर्नु अघि ज्याकलिनले श्रीलंकामा टिभी रिपोर्टरको रूपमा काम गरिसकेकी छिन्।

रणदीप हुड्डा 

रणदीप हुड्डाले पनि फिल्म क्षेत्रमा आउनु अघि निकै संघर्ष गरेका छन्।  उनले बलिउडमा इन्ट्री गर्नु अघि वेटर, ट्याक्सी चालक र कार धुने काम गरिसकेका छन्।

अक्षय कुमार 

बलिउडका खेलाडी कुमार यानी अक्षय कुमारलाई फिल्म क्षेत्रका फिटेस्ट कलाकार मध्ये एक मानिन्छ।  उनले बलिउडमा प्रवेश गर्नु अघि वेटर र शेफको रूपमा काम गरेका थिए।

रणवीर सिंह 

वर्तमान समयमा बलिउडमा रणवीर सिंहको माग निकै रहेको छ।  आफ्नो उत्कृष्ट अभिनय शैलीका कारण प्रख्यात रणवीर फिल्ममा आउनु अघि एक विज्ञापन कम्पनीमा प्रतिलिपि लेखकको रूपमा काम गर्थे।

परिणीति चोपडा 

अभिनेत्री परिणीति चोपड़ाले बलिउड डेब्यू गर्नु भन्दा पहिले लन्डनको एक फर्ममा इन्भेस्टमेन्ट ब्याङ्करको रूपमा काम गरिसकेकी छिन्।

प्रकाशित : बुधबार, चैत २५, २०७७१६:०७

उमेरसँगै झन् बढ्दै करिश्माको सुन्दरता, हेर्नुहोस् यस्ता सुन्दर तस्बीर !