‘मिसेज श्रीलंका’ मा भयो यस्तो लफडा , मञ्चमै भयो विजेताको क्राउन खोसा-खोस !

सन्दर्भ श्रीलंकाको सौन्दर्य प्रतियोगिता ‘मिसेज श्रीलंका’ को हो।  आइतबार श्रीलंकामा एक सौन्दर्य प्रतियोगिता ‘मिसेज श्रीलंका’ को फाइनल थियो। प्रतियोगिता सफलताका साथ सम्पन्न हुनुको सट्टा उल्टो लफडा हुन पुग्यो।

प्रतियोगिताको विजेता बनेकी पुष्पिका डी सिल्भाको टाउकोमा विजेताको क्राउन लगाउँदै गर्दा ताज खोसाखोस हुँदा विजेता डी सिल्भाको टाउकोमा चोट लागेको बताइएको छ।  आइतबार भएको प्रतियोगितामा कार्यक्रमका  आयोजकले डी सिल्भालाई विजेता घोषणा गरे।  पुष्पिकालाई विजेताको क्राउन लगाइदिँदै गर्दा २०१९ की विजेता क्यारलाइन जुरीले उक्त क्राउन खोसेर प्रतियोगिताको उपविजेतालाई लगाइदिइन्।

क्यारलाइनले यसको कारणमा डी सिल्भाको यो भन्दा पहिले नै सम्बन्ध-विच्छेद भइसकेको खुलासा गरिन्। यो उपाधि सम्बन्ध-विच्छेद भएकी महिलाले नपाउने उनको दाबी रहेको छ। तर अहिले भने प्रतियोगिताको आयोजकले उनको सम्बन्ध-विच्छेद नभएको पुष्टि गर्दै पुष्पिकालाई नै उक्त पुरस्कार फिर्ता दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

घटनाको बारेमा आयोजकले विजेतासँग माफी समेत मागेको छ।  आयोजकले जुरीको व्यवहार अपमानजनक भएको भन्दै दुःख व्यक्त गरेकाे छ।

उक्त घटनाको क्रममा आफ्नो टाउकोमा चोट आएको डी सिल्भाले बताएकी छिन्।  उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै यस्तो बताएकी हुन्।  उनले आफूमाथि भएको अपमानजनक व्यवहारविरुद्ध कानूनी कदम चाल्ने पनि बताएकी छिन्।

प्रकाशित : बुधबार, चैत २५, २०७७१४:५२

कोहि कन्डक्टर त कोहि ट्याक्सी ड्राइभर, फिल्ममा आउनु अघि यी बलिउड स्टारले गरिसके यस्ता काम !